वायु प्रदूषणका कारण काठमाण्डाै उपत्यका बस्नका लागि अयोग्य !

वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यका बसाेबास लागि अयोग्य अवस्थामा पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हावाको गुणस्तर सूचकाङ्क अक्वा १ सय ४० सम्म मानिस बस्न योग्य हुने भए पनि अहिले रत्नपार्क आसपासमा अक्वा १ सय ६६ रहेको वातावरण विभागले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले मानिस बस्न हावाको गुणस्तर सुचाङ्क अक्वा १ सय २५ हुनुपर्ने र १ सय ४० सम्म बस्न सकिने तोकेपनि काठमाण्डौको अक्वा १ सय ६६ पुगेको हो ।

गाडीको धुवाँसँगै आगो बाल्दा निस्कने धुवाँकाे कारण उपत्यकाकाे प्रदूषण बढेकाे हो। केही दिनदेखि उपत्यकामा बाक्लो तुवाँलो लागिरहेको छ ।

प्रदूषित हावाका कारण मानिसमा मुटु रोग, दम तथा खोकी तथा फोक्सोको क्या’न्सर समेत हुने खत’रा रहने हुँदा बाहिर निस्कदा मास्क प्रयोग गर्न डाक्टरको सुझाव छ ।

प्रकाशित मिति February 22, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।