गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ । स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् ।
गीतलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका छन् । गीतमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युट्युबर जिवेश गुरुङको अभियन रहेको छ ।
‘कमेरोले पोतेको दुई तलाको घर’ गीतमा दिपक शर्माको संगीत रहेको छ । एरेन्जमा उदयराज पौडेल, मिक्सिङ श्याम स्वोयत रसाइलीको रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको गीतको सम्पादन अमन मानन्धरले गरेका हुन् । रंग संयोजक रेनिश फागो र कोरियोग्राफर विक्रम सुनार रहेको गीतलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् ।
प्रकाशित मिति February 20, 2020हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।