बाँस्कोटासँगै काठमाडौं आएका गायक खरेलले भने- ‘कुल’ हुनुहुन्थ्यो, हाँसिरहनु भएको थियो

गायक प्रमोद खरेल डोटीको दिपायलमा भएको महोत्सवमा सहभागी भएर आज(विहीवार) काठमाडौं फर्कंदै थिए । उनी काठमाडौं आउनका लागि धनगढी विमानस्थल पुगे ।

विमानस्थलमा उडानको प्रतिक्षामा रहेका खरेलले विमानले उडान भर्नु भन्दा केही बेर अघि मात्र विमानस्थलमा प्रवेश गरेका सञ्चार तथा सूचना मन्त्री (निवर्तमान) गोकुल बाँस्कोटालाई देखे । सामाजिक सञ्जालमा सक्रिय रहने खरेलले मन्त्री बाँस्कोटालाई केही बेर नियाले ।

उनी ‘कुल’ थिए । उनको भावमा कुनै दबाव थिएन । अरु बेलाजस्तै सामान्य अवस्था र हँसिलो मुद्रामा थिए मन्त्री बाँस्कोटा ।

तर बाँस्कोटामाथि खरेलको आजको ‘नजर’ भने फरक थियो । कारण बुधवार रातिदेखिनै मिडिया र सामाजिक सञ्जालमा भाइरल बनेको मन्त्री बाँस्कोटाले ७० करोड कमिसन माग गरेको का’ण्ड । गायक खरेल र मन्त्री बाँस्कोटा एउटै विमानमा काठमाडौं आए । ‘हामी एउटै विमानमा काठमाडौं आएका हौं’ खरेलले भने ।

धनगढी विमानस्थलमा खरेलले मन्त्री गोकुल बाँस्कोटालाई देख्दा उनी ‘कुल’ थिए । उनको भावमा कुनै दबाव थिएन । अरु बेलाजस्तै सामान्य अवस्था र हँसिलो मुद्रामा थिए मन्त्री बाँस्कोटा । ‘हामीभन्दा केही ढिला विमानस्थल आउनुभएको थियो, म आफ्नै हिसाबले अलि पहिले नै पुगिसकेको थिएँ,’ प्रमोदले भने ।

‘उहाँमा नेचुरल भाव नै थियो, हाँसीरहनु भएको थियो त्यस्तो फरक केही पाइएन ।’

मन्त्री बाँस्कोटाको अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको चर्को आ’लोचना भइरहेको थियो भने उनलाई बर्खास्त गर्न प्रमुख प्रतिपक्षी दललेसमेत माग गरिसकेको थियो । त्यसका कारण बाँस्कोटाको अनुहारमा तना’वको अवस्था देखियो होला भन्ने प्रश्नमा गायक खरेलले भने, ‘उहाँमा नेचुरल भाव नै थियो, हाँसीरहनु भएको थियो त्यस्तो फरक केही पाइएन ।’

बाँस्कोटा र प्रमोद त्रिभुवन विमानस्थलमा विमानबाट पनि एकसाथ बाहिरिए । प्रमोद साधारण व्यक्ति आउने बाटोबाट बाहिरिए भने बाँस्कोटा भीआईपी मार्ग तिर छिरे । ‘म अझै घर पुगेको छैन, बसमा छु, उहाँ त पुगेर पनि राजीनामा दिन भ्याउनुभएछ,’

प्रकाशित मिति February 20, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।