सुनकाे भाउ अहिलेसम्मकै महँगाे, राख्यो नयाँ रेकर्ड

यसअघि अमेरिका र चीनको व्यापार यु’द्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भा*इरसका कारण

सुनको भाउले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । मङ्गलबार ताेलाकाे ७६ हजार सात सय रुपैयाँ तोकिएर किर्तिमान कायम गरेको सुनको भाउ बुधबार पनि चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ । चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा परेको छ । यसअघि अमेरिका र चीनको व्यापार यु’द्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भा*इरसका कारण बढेको सुनचाँदी व्यवसायीले बताएका छन् ।

सुन व्यवसायीले फागुन महिनालाई सुन चाँदीको सबैभन्दा धेरै कारोबार हुने महिनाको रुपमा लिने गरेका छन् । तर यसपालि भने फागुन महिनामा पनि कारोबार नभएको भन्दै उनीहरुले गुनासो गरेका छन् ।

प्रकाशित मिति February 19, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।