विश्वकै ‘सुपर हट’ मम्मीः कुन आमा, कुन छोरी छुट्याउनै मुस्किल, हेर्नुहोस् १५ तस्वीर

जोलिन र उनकी छोरी मिलानी पार्कको उमेरमा २४ वर्षको फरक छ तर उनीहरुलाई साथमा देख्दा कसैले पनि यो कुरा पत्याउँदैनन्

मानिसहरु छोरीलाई तिमी त आफ्नी आमाजस्तै देखिन्छ्यौ भनेको त हामीले धेरै पटक सुनेका छौं तर इन्स्टाग्राम इन्फ्लुएन्सर जेलिन डियाजलाई देख्दा भने मानिसहरु भन्छन् – उनी त आफ्नी छोरीजस्तै देखिन्छिन् । जोलिन र उनकी छोरी मिलानी पार्कको उमेरमा २४ वर्षको फरक छ तर उनीहरुलाई साथमा देख्दा कसैले पनि यो कुरा पत्याउँदैनन् । जोलिन र मिलानीलाई साथमा देख्दा मानिसहरु उनीहरुलाई दिदीबहिनी भन्छन् ।

जोलिन शिक्षिका हुन् र उनी सिंगल मदर हुन् । १३ वर्ष पहिले उनको सम्ब*न्धविच्छेद

४३ वर्षकी जोलिन लाई यो कुरा छोरीलाई नराम्रो लाग्छ भन्ने लाग्दैन । १९ वर्षकी मिलानीका अनुसार यी कुरा सुन्ने उनलाई बानी भइसकेको छ । क्यालिफोर्नियामा बस्ने जोलिनलाई देख्दा उनको उमेर अनुमान गर्नै सकिँदैन तर उनी आफू आमा भएको जिम्मेवारी भने राम्रोसँग निभाइरहेकी छिन् । जोलिन शिक्षिका हुन् र उनी सिंगल मदर हुन् । १३ वर्ष पहिले उनको सम्ब*न्धविच्छेद भएको थियो । तैपनि उनको पतिसँग राम्रो मित्रता छ ।

‘ए मेरो हजुर ४’को सुटिङअगावै प्रदर्शन मिति तय

झरना थापा निर्देशन गर्ने चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका

चलचित्र ‘ए मेरो हजुर ४’को सुटिङ केही दिनमा शुरु हुँदैछ। यद्यपी निर्माण टिमले चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिसकेको छ। चलचित्र आउँदो वर्षको दशैंमा प्रदर्शनमा आउने भएको छ। दशैंको अवसर पारि कार्तिकको ७ गतेदेखि चलचित्र प्रदर्शनमा आउने निर्माता सुनिलकुमार थापाले जानकारी दिए।

झरना थापा निर्देशन गर्ने चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहनेछ। अनमोल र सुहानाले तेस्रो शृङ्खलामा जोडी बाँधेका थिए। जसलाई दर्शकले निकै रुचाएका थिए।

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्र केही दिनपछि छायांकनमा जाँदैछ। नेपाल, ओमान र हल्याण्डमा चलचित्र खिचिने बताईएको छ। चलचित्रमा सलोन वस्नेतको पनि शीर्ष भूमिका रहनेछ।

प्रकाशित मिति February 18, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।