‘मैले पहिलादेखि नै मनमा महशुस गरेर, आम–दर्शकको मन बुझेर मात्रै ‘हे’ भन्ने शब्द बोल्न थालेको हुँ । यत्तिकै बोलेको होइन । ’
नायक राजेश हमालले ३ सय बढी चलचित्रमा काम गरे । यी चलचित्रमा उनले थुप्रै संवाद बोले । तर, राजेश हमाललाई ‘हे…’ भन्ने एउटा शब्दले धेरैमाझ लोकप्रिय बनाइदियो । हमालका थुप्रै चलचित्रमा यो संवाद छ । अहिले पनि यही शब्दलाई लिएर हमालको ट्रोल हुन्छ । तर, राजेश यो शब्द भित्र गहिरो अर्थ लुकेको बताउँछन् ।
ठट्यौली पारामा यो शब्दबारे राजेशले भने–‘बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई घर छेउमै पहिरो छ ।’ राजेश चानुचुने हिसाबमा आफूले ‘हे…’ नभनेको बताउँछन् । उनले थपे–‘मैले पहिलादेखि नै मनमा महशुस गरेर, आम–दर्शकको मन बुझेर मात्रै ‘हे’ भन्ने शब्द बोल्न थालेको हुँ । यत्तिकै बोलेको होइन । ’
राजेशले यस शब्दको अर्थ पनि प्रष्ट पारेका छन् । उनले भने–‘यो ‘हे…’ भन्ने शब्द भित्र गहिरो अर्थ छ । कही–कतै अ’न्याय, अत्या’चार, थि’चोमिचो भइरहेको छ त्यसलाई तुरुन्तै अन्त्य गर भन्नलाई यो शब्द बोलिएको हुन्छ । यसको अर्थ भनेको नै न्याय हो ।’ उनले यसो भनिरहँदा हलमा तलीको गडगडाहत सुनियो ।
प्रकाशित मिति February 17, 2020हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।