ब’लात्कार प्रया’स मु’द्दामा महराले पाए सफाइ

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई ब’लात्कार उद्यो’गको मु’द्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसू’रदार होइन भन्न नसकिने भन्दै पु’र्पक्षका लागि थु’नामा पठाएको थियो । तर सोमबार सफाइ दिने फैसला सुनाएको छ । प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई ब’लात्कारको प्रया’स गरेको अभि’योग लागेको थियो ।

यो घ’टना १३ असोजमा बाहिर आयो । त्यसबेला महरा र उनको सचिवालयले आ’रोप अस्वीकार गरेको थियो । त्यसवेला महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रि’स पो’खिएको दाबी गरेका थिए । तर महरा र पी’डित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकाल्यो ।

१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो । लगतै महराले सभामुख पदबाट राजीनामा दिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएनन् । उनको राजीनामा आएको केहीबेरमा पी’डित महिलाको नयाँ भिडियो सार्वजनिक भयो, जसमा उनले बोली फेर्दै महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् ।

पीडित भनिएकी महिलाले अदालतमा पनि ब’लात्कार प्रया’स नभएको बयान दिएकी थिइन् । तर उपलब्ध प्रमाणका आधारमा महरालाई कसूर’दार होइनन् भनी मान्न नसकिने भन्दै पुर्पक्ष’का लागि थु’नामा पठाउने आदेश भएको थियो । डिल्लीबजार कारागारमा रहेकै अवस्थामा महरा उच्च अदालतमा पुगे, उच्चले जिल्लाको आदेश सदर गर्‍यो तर, मु’द्दाको अन्तिम फैसला छिटो गर्न आदेश दियो ।

प्रकाशित मिति February 17, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।