राजेश हमालको मातापिताको ६५ बर्ष अघिको त्यो प्रेमकथा…

मानिसको प्रेम–कथा र कहानी पनि आ–आफ्नै किसिमको हुन्छ । र, यो कथा लगभग ६५ बर्ष अगाडीको हो

प्रेमको परिभाषा व्यक्तिको निजी भोगाइ, बुझाइ र परिवेशले निर्धारण गर्छ । मानिसले आफ्नै किसिमले प्रेमलाई बुझ्ने र अर्थ दिने गर्छन् । मानिसको प्रेम–कथा र कहानी पनि आ–आफ्नै किसिमको हुन्छ । र, यो कथा लगभग ६५ बर्ष अगाडीको हो ।

पाल्पा जिल्लाको तानसेन । सदरमुकाम भएकाले पहिल्यैदेखि सुविधासम्पन्न थियो । शहर र गाउँमा प्रजातन्त्र भने आइसकेको थियो । तर, त्यसको आभास गर्न पाइरहेका थिएनन् नेपालीहरुले । राणा शासनले अन्तिम श्वास फेरिसकेको समय थियो । गाउँमा थिए, चुडाबहादुर हमाल पनि ।

लभ स्टोरी मुभीमा पहिलोपटक गाडिमा दुई युवायुवतीको भेट कसरी हुन्छ ? हो, त्यसैगरी उनीहरुको हेरा हेर भयो । बोलचाल भयो । परिचय पनि भयो, यात्रामा

चुडाबहादुरको परिवारमा पढ्नुपर्छ भन्ने थियो । किनभने परिवार पहिल्यैदेखि शिक्षित थियो । खान लाउन खासै गाह्रो थिएन । अरु भन्दा केहि बढि सुविधासम्पन्न । र, परिवारले चुडाबहादुर पढ्नका लागि वनारस हिन्दु विश्वविद्यालय पठाए । त्यो पनि पोलिटिकल साइन्स । त्यसबेला उक्त विषय पढ्नु आफैमा चुनौतीपुर्ण थियो ।

चुडाबहादुरको नेपाल आउने–जाने भइरहन्थ्यो । त्यही क्रममा नेपालस्थित नवलपरासी रजहरकी रेणु केसीसँग चुडाबहादुरको चिनजान भयो, २०१२ साल तिर । रेणु पनि भारतको लखनहुँस्थित एक मुस्लिम कलेजमा पढ्थिन् । त्यो समयमा गाउँ छाडेर विदेशमा पढ्न पाउनु ठुलो कुरा थियो । पढे लेखेका व्यक्ती पाउन गाह्रो हुने त्यो समय । यसमा चुँडाबहादुर र रेणु दुवै भाग्यमानी थिए ।

समय समयमा नेपाल आउने–जाने प्रक्रिया निरन्तरजस्तो थियो दुवैको । तर, दुवैको परिचय एक अर्कालाई थाहै थिएन । होस् पनि कसरी ? उनीहरु एउटै ठाउँका थिएनन् । एउटै विद्यालयमा पढ्दैन्थे । न त यी दुई आफन्त नै थिए ।

लभ स्टोरी मुभीमा पहिलोपटक गाडिमा दुई युवायुवतीको भेट कसरी हुन्छ ? हो, त्यसैगरी उनीहरुको हेरा हेर भयो । बोलचाल भयो । परिचय पनि भयो, यात्रामा । नेपाल आउने क्रममा ।भेटहरु मानिसको जीवनमा कति जनासँग होलान् । कसैलाई बिर्सिइन्छ, कसैलाई सम्झिइन्छ । कोही स्मृतिको धमिलो छाँया बनेर बसेका हुन्छन् त कोही बिर्सन्छु भन्दा पनि सम्झनामा आइरहन्छन् ।

उता चुडा हरेक पल छटपटाइरहन्थे । रेणुमा पनि त्यही छटपटीले थिच्थ्यो । दुवैले कुराकानी गर्न निकै प्रयास गरे । तर,

कस्तो संयोग !

पहिलो भेटमै दुवै साथी भए । त्यो पनि राम्रो साथी । हुन त जीवन संयोगहरुको श्रृंखला न हो । को कहाँ भेटिन्छ, पत्तो कहिल्यै हुन्न । को व्यक्ती कहिले र कतिबेला साथी बन्छ कसैलाई पत्तो हुन्न । को कतिबेला दुश्म’न बन्छ त्यो पनि पत्तो हुँदैन ।

केहि समयको नेपाल बसाइपछि चुडा र रेणु सँगै फर्किए । चुडा बुटवल झरे, रेणु नवलपरासीदेखि बुटवल पुगिन् । सँगै एउटै यात्राका दुई यात्री बनेर एउटा लामो सफरमा हिडे ।अचेल किशोर किशोरीले भनेको सुनिन्छ नि, फल इन लभ एट फस्ट साइट ! हो, रेणुलाई यही भयो, प्रथम नजरमै प्रेम । चुडा कोहि त होइनन्, तर दोस्रो भेटमा हो कि जस्तो लाग्न थाल्यो रेणुलाई ।

रेणुको संगतले चुँडालाई पनि त्यही महसुस भयो । भारत यात्रामा कसैले कसैलाई प्रेम प्रस्ताव त गरेनन्, तर हरेक व्यवहारले प्रेम नै दर्शाउँथ्यो । लामो यात्रा भएकाले उनीहरुले त्यो आभास सहजै गर्न पाए । यात्रा सकियो । हरेक यात्रा गन्तव्यमा पुगेपछि सकिन्छ नै । दुवैको गन्तव्य आइपुग्यो । र फेरि भेट्ने बाचासहित छुटिए । बादल लागेको रुन्चे अनुहार लगाएर आ–आफ्नो बाटो लागे, उनीहरु ।

रेणुको मुस्लिम कलेज थियो । हामी अनुमान गर्न सक्छौं, कति कडा नियम थिए त्यहाँ । मुस्लिम संस्कार र संस्कृतिबारे थोरबहुत हामीलाई थाहा छँदैछ । अरु कलेज र स्कुलमा जस्तो संस्कार चल्दैन । अरु विद्यालयमा जस्तो सिस्टम मुस्लिम कलेजले मान्दैन । उसको आफ्नै किसिमको तरिका र रोडम्याप हुन्छ । त्यसैमा हिड्नुपर्छ, जो कोहि ।

रेणुका होस्टेलसम्म चिठी आदनप्रदान गर्न परिवार र आफन्तलाई मात्र छुट थियो । अरुले नसोचे पनि हुन्थ्यो । र, उनीहरुको अव्यक्त प्रेममा होस्टेलले अफ्ठ्यारो पा-यो । उता चुडा हरेक पल छटपटाइरहन्थे । रेणुमा पनि त्यही छ’टपटीले थिच्थ्यो । दुवैले कुराकानी गर्न निकै प्रयास गरे । तर, सम्भावनाको सानो झिल्को पनि थिएन ।

अनेकन प्रयासपछि रेणुको दिमागमा आइडिया आयो । भारतमा नृत्यकला सम्बन्धी अध्ययन गरिरहेका मामाको छोरा बशन्तजंग रायमाझीसँग चुडाको सम्बन्ध बलियो बनाउने ।

रेणुको रणनीतिले पुर्णता पायो । केहि समय पश्चात उनले मुख खोलिन्, बशन्तजंगले कुरा बुझे । रेणुले बुझाए जस्तै उनीहरु नजिक भए । मिल्ने साथी भए । अनि दुवैको भेट हुन थाल्यो, गफ हुन थाल्यो । सम्बन्ध झाँगिदै गयो । बिस्तारै उनीहरु प्रेमको गहिराइमा डुब्न पाए ।

तर घर परिवार र गाउँलेको अनुहार कसरी हेर्ने ? यो झनै अर्को महाभारत थियो । चुडाबहादुर २२ बर्ष मात्रै पुगेका थिए । घरमा बुहारीसहित आउँदा सबै छक्क

प्रेम त भयो । तर अब के गर्ने ?
त्यो वेला प्रेमलाई विवाहमा परिणत गर्न अर्को महाभारत यु’द्ध लड्नुपथ्र्यो । समाजमा मागी विवाह व्याप्त थियो, प्रेम वर्जित थियो । प्रेम गर्नेहरुलाई समाजले राम्रो नजरले हेर्दैन थियो । कतिसम्म भने प्रेम विवाह गर्नेहरु कि त समाजमा निन्याउरो मुख लगाएर हिड्नुपथ्र्यो । नत्र, समाज छोडेर अन्तै भाग्नुपथ्र्यो ।

उनीहरुको विवाहमा परिवारको अलिकति समर्थनको आशा थियो । तर, दुवैको वि’रुद्धमा समाज उभिएको थियो । दुवैले उपायहरु लगाइरहे । तर सफल भइरहेको थिएन ।

अन्ततः दुवैले चुपचाप बिहे गरे, भारतमै । उनको विवाह यति धेरै गुमनाम किसिमको भयो कि, कसैले देखेनन् । भेटेनन् । सुटुक्क विहे गरेका उनीहरुको विवाहसँग परिवार अनभिज्ञ थियो । यही क्रममा दुवैको अध्ययन पनि सकियो । र, सँगै नेपाल फर्किए ।

तर घर परिवार र गाउँलेको अनुहार कसरी हेर्ने ? यो झनै अर्को महाभारत थियो । चुडाबहादुर २२ बर्ष मात्रै पुगेका थिए । घरमा बुहारीसहित आउँदा सबै छक्क परे । परिवार त खुसी नै भए, तर समाज भने प्रश्नहरु बोकेर उभिरह्यो । जो आउँछ, एउटा नेगेटिभ प्रश्न तेर्साएर बाटो लाग्थ्यो ।

सबै कुरा समय आएपछि हुन्छ । समयले त्यो समाजलाई पनि बिस्तारै स्वीकार्न बाध्य पार्यो ।

बिहे त भयो । तर, करियर पनि सुरु गर्नुप-यो । अनि कसरी ? चुडाबहादुरको अर्को चुनौती थियो यो । र पाल्पादेखि नै सुरु गरे करियर, त्यहीँको स्कुलको हेडमास्टर भएर । त्यो जमानामा पढेको मानिस कम हुन्थे, यसको फाइदा पनि चुडा बहादुरलाई मिल्यो ।

समय हो, आफ्नै तालमा अगाडि बढिरहन्छ । हामी समयलाई पछ्याउँछौं मात्र । रेणु ग’र्भवती भइन्, । पहिलोपटक नै जुम्ल्याहा सन्तान पनि जन्माइन्, दुवै छोरी । र दोस्रो पटकमा भने जन्मिए, महानायक राजेश हमाल । तानसेनमा रहेको मिसन अस्पतालमा उनले पहिलोपटक संसार देखे ।

तीन सन्तान । तिनै सन्तान लिएर रेणु र चुडा बुटवल झरे । अनि काठमाडौँको बस चढे । त्यतिबेला काखमा दुधेबालक थिए, राजेश । उनी एक बर्षका मात्रै थिए, साथमा अरु दुई छोरीहरु । जसो–तसो काठमाडौं झरे ।

भाग्यमानीको भुतै कमारो ! त्यस्तै भो ।
सुरुवातमै काठमाडौं बसाइ लोभलाग्दो भयो, उनीहरुको ।

चुडाले जीवनभर रेणुको प्रेम पाए, आफुले पनि दिए । तर, परराष्ट्र मन्त्रालयबाट रिटायर्ड हुन नपाउँदै चुडा परलोक भए

सुरुमा चुडाले शिक्षण पेशामा हात हाले । केहि समय पत्रकारिता पनि गरे । त्यसबेलासम्म उनले लोकसेवाको तयारी गरिरहेका थिए । परिक्षा दिए । पास भए । परराष्ट्र मन्त्रालयमा नाम निकाले । ट्यालेन्टले मात्रै त्यो समय परराष्ट्रको जागिर पाउँथे । सानै उमेरमा उनले परराष्ट्रमा छिर्न पाए ।

काठमाडौंमा राजेशका एक भाइ र बहिनी पनि जन्मिए । त्यो बेलाको समय न हो, दुई सन्तानले कहाँ पुग्थ्यो ?
चुडाको बसाइ एकै ठाउँमा कहिल्यै भएन । कहिले भारत कहिले रसिया त कहिले कुन देशको दुताबासमा । जहाँ पुगे पनि समय समयमा आउने–जाने भने गरिरहन्थे ।

भनिन्छ, जे लेखिएको छ, त्यही भोग्नुपर्छ । चुडाले जीवनभर रेणुको प्रेम पाए, आफुले पनि दिए । तर, परराष्ट्र मन्त्रालयबाट रिटायर्ड हुन नपाउँदै चुडा परलोक भए । त्यो पनी, पाकिस्तानमा राजदूत बनेर गएको अर्को दिननै । चुँडा बहादुर हमालले पाकिस्तानी राष्ट्रपति गुलाम इश्क खानलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएर एम्बेसी निवास फर्किने बेला उनी सवार गाडीमै हृ’दयघातका कारण नि’धन भयो । कस्तो अचम्म भइदियो भने नि, चुडाको पहिलो पोस्टिङ पाकिस्तानमा भएको थियो । अन्तिम स्वास पनि पाकिस्तानमै फेरे ।

रेणुले एउटा जिन्दगी गुमाइन् । जिवनको सबैभन्दा ठुलो भरोसा हराइन् । हराइन्, जिवनको सबैभन्दा ठुलो खम्बा । घरको एक मात्रै खम्बा धमिराले खाएर ढल्यो भने के हुन्छ ? त्यस्तै भयो । रेणुका खुट्टा लुला भए । श्रीमानको निध’नपछि केहि समय बे’होस उनी जब होसमा आइन्, छोराछोरी देखेर फेरी भ’क्कानिइन् ।

महानायक हमाल भावुक बनेर सुनाउँछन्, ‘५६ बर्षको उमेरमा अचा’नक बुबा वि’त्नुभयो, जुन घ’टना अहिले सोच्दा पनि मन बहकिन्छ ।’ अघिल्लो दिन गफ भएको थियो, खुसी साटासाट गरेका थियौं, उनले थपे, ‘अर्को दिन उहाँ रहनुभएन भन्ने खबर आयो । घरमा एकाएक सन्नाटा छायो ।’

चुडा बित्दा सबै सन्तान हुर्किसकेका थिए । तर, चुडाको बियोगले रेणु विक्षि’प्त बन्दै गइन् । डि’प्रेशनको सि’कार भइन् । खाना नखाने, कसैसँग नबोल्ने र टोलाइरहने भइन् । त्यसँगै चुरोट पिउन थालिन् । चुरोटको ल’त असाध्यै बढ्यो । हरेक घण्टामा चुरोको सर्को चाहिन्थ्यो । डिप्रे’शन र अधिक चुरोट सेवनका कारण नै रेणुले चुडाकै बाटो अपनाइन् । उनको पनि असामायिक नि’धन भयो ।

हमाल भन्छन्, ‘आमाको निधन दशैंका दिन भयो, हामी छोरा–छोरी टुहुरो बन्यौं ।’ हो, सोहि कारण दशैका दिन हमालले आमाको सम्झनामा खाली निधार बस्छन् ।

हमाललाई मातापिता दुबैलाई अका’लमा गु’माउनु परेको पिँ’डाले बेला–बेला सताइरहन्छ । अर्को कुरा, आफ्नो सफलता र पपुलारिटी आफुलाई जन्म दिने बुबा–आमालाई देखाउनै पाएनन्

अर्को दिन मात्रै दशैको टिका लगाउँछन् । सेलिब्रेट गर्छन् ।

राजेश हमालकी आमा रेणु डिप्रे’शनमा परेको परिवारमा कसैलाई पत्तो भएन । हमाल थप्छन्, ‘मैले राम्रोसँग बुझेको थिएन । तर, किन खाना समयमा खानुहुन्न ? किन धेरै चुरोट पिउन थाल्नुभयो ? केहि सहयोग चाहिन्छ भने भन्नुस् । किन सुतिरहनुहुन्छ ? भनेर सोधिरहन्थेँ । तर, डि’प्रेशनमा पुग्नुभएको थाहै भएन ।’

उहाँलाई त्यतिबेला जे भएको रहेछ, त्यो कुरा उहाँ बितिसकेपछि मात्रै थाहा भयो, हमालले थपे । हमाललाई मातापिता दुबैलाई अका’लमा गु’माउनु परेको पिँ’डाले बेला–बेला सताइरहन्छ । अर्को कुरा, आफ्नो सफलता र पपुलारिटी आफुलाई जन्म दिने बुबा–आमालाई देखाउनै पाएनन् । हमाल सम्झन्छन्, ‘आमाले हरेक कुरालाई असाध्यै नेगेटिभ तरिकाले हेर्नुहुन्थ्यो । कुनैपनि कुराले उहाँलाई खुसी बनाउँदैन्थ्यो । मैले धेरै बुझ्न खोजेँ । तर, कहिल्यै आमाको समस्यालाई बुझ्न सकिनँ ।’

हमाललाई के लाग्छ भने, आमाले आफुभित्रको पि’डा परिवारलाई देखाउनु हुन्न भन्ने सोच राख्नुभएको हुन सक्छ । धेरैजसो समय अध्ययनमा बित्थ्यो, फुर्सद हुँदा आमासँग कुरा गर्न खोज्थें, हमाल थप्छन्, ‘बुबाको नि’धनपछि आमाले मुस्कुराउनै बिर्सनुभयो । केहि क्षण सन्तानका लागी मुस्कुराएपनि आमाको त्यो मुस्कान भित्रैदेखि आएको थिएन ।’

चुडाले रेणुलाई असाध्यै माया गर्थे । सोही कारण धर्मपत्नीको नामको अघिल्लो अक्षर ‘आर’बाट सबै सन्तानको नाम राखिदिएका थिए । सुरुमा जन्मिएका जुम्ल्याहा छोरीहरु रेखा, रिता, राजेश, रुपा र राकेश । अचम्मको कुरा, चुडा र रेणुले जन्माएका तिनवटै छोरीहरु डाक्टर बने । राजेश हमाल अभिनेता बने । २० बर्षपछि महानायकको रुपमा चिनिए । उनका भाई राकेश नेपालमै समाजसेवामा सक्रिय छन् । डा. रेखा र उनकी कान्छि बहिनी डा. रुपा अमेरिका छन् । डा. रिता भने नेपालमै छिन् ।

राजेश भर्खरै करिअर बनाउन इट्टा थप्दै थिए । धेरै पटक इट्टा भत्कि’ए । तर, कहिल्यै उनले हा’र खाएनन् । सधै जोसँग पनि मुस्कुराएर बोले । कसैलाई आफ्नो पि’डा सुनाएनन् । हमाल भन्छन्, ‘मानिसले जिवन चलाउने क्रममा धेरै किसिमका ह’ण्डर खान्छन्, तर त्यो हण्ड’र अरुलाई सुनाएर फाइदा हुन्छ भन्ने कुरामा मैले कहिल्यै विश्वास राखिनँ ।’ जीवनमा दुःख आइपरेपनि, सुख आइपरेपनि चलाउनै पर्छ । उनी थप्छन्, ‘जति घाइ’ते भएपनि हिड्न छोड्नु हुन्न । हिड्न सकिएन भने एउटा यात्रा छोटो बन्छ ।’

बुबा–आमाको सम्पुर्ण कथा सुनाउँदै महानायक हमाल कुराको बिट मार्छन्, ‘बुबाको नि’धनपछि आमा असाध्यै धेरै तड्पी’नुभयो । बुबा र आमाको निध’नपछि हामी सन्तानलाई त्यो भन्दा धेरै गाह्रो भयो । बास्तबमा हामीले जिन्दगीमा कहिलेकाहिँ विभिन्न किसिमका चो’ट पाउन सक्छौं तर निकै संयमित भएर अगाडी बढ्नुपर्दोरहेछ । यो भन्दा अर्को कुनै उत्तम बिकल्प रहेनछ ।’
प्रस्तुती- रामजी ज्ञवाली/साप्ताहिक

प्रकाशित मिति February 15, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।