प्रधानमन्त्री केपी शर्मा ओलीको वेबसाइटमा सयौँ पो’र्न भिडियो

प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाइट (kpsharmaoli.com) मा पो’र्न भिडियो अपलोड भएको पाइएको छ । व्यक्तिगत जानकारी समेटिएको ओलीको सो वेभसाइटको डोमेन एक्पाएर भएपछि अन्य व्यक्तिले पुनः दर्ता गरी पो’र्न भिडियो अप’लोड गरेको देखिन्छ ।

सन् २०१७ को मार्च अन्तिमतिरसम्म व्यक्तिगत जानकारी समेटिएको ओलीको वेवसाइट अस्तित्वमा देखिएपनि त्यसपछि भने अर्कै व्यक्तिले दर्ता गरेर दुरुपयोग भएको देखिन्छ । लामो समयसम्म ओलीले सो डोमेन नवीकरण नगरेपछि अर्कैले दर्ता गराएर दुरुपयोग गरेको बुझिएको छ ।

चीनको छेन्दु वेस्ट डायमेन्सन डिजिटल टेक्नोलोजीले सन् २०१९ को मे २८ मा सो वेवसाइटको डोमेन पुनः दर्ता भएको देखिन्छ । स्तै डोमेनको म्याद सकिने मिति आगामी मे २८ उल्लेख छ । आईपी लोकेसन क्यालिफोर्निया देखाइएको छ । उक्त वेवसाइटमा अहिले सयौँ अश्लि’ल भिडियोहरु राखिएको छ ।

यस्तो तथ्य थाहा पाएर सो वेवसाइट सरकारले बन्द गराएको भएपनि भीपीएन प्रयोग गरेर अझै हेर्न सकिने अवस्था छ । व्यक्तिगत वेवसाइट नवीकरण नगरेका ओलीको अहिले अर्कै वेवसाइट http://kpsharmaoli.com.np/ सञ्चालनमा छ ।

प्रकाशित मिति February 15, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।