‘भ्यालेन्टाइन्स डे’को उत्कृष्ट प्रेमपत्र: पाँच सेकेन्डभन्दा बढी हेर्ने हिम्मत गर

प्रिय ६ नं. टेबल !

तिम्रो चस्माको फ्रेमभित्रका चिम्सा आँखाले मलाई नियालेझैँ लाग्छ बेलाबेला। म पनि नजानिँदो तरिकाले मुन्टो हल्लाई कानपछाडि सिउरिएको कपाल अनुहारमा पोखाउने प्रयत्न गर्छु, मेरो लाजको घुम्टो।

ठ्याक्क तिमीतिर नियाल्ने हिम्मत आउँदैन आजकल। लामो सास फेर्छु अनि एक, दुई, तीन, चार, पाँच… मलाई थाहा छ, तिमीसँग पनि मलाई पाँच सेकेन्डभन्दा बेसी नियाल्ने हिम्मत छैन। तिमी आँखा घुमाइसक्छौ। आफ्नै दुनियाँमा मग्न भइसक्छौ र अब मेरो पालो तिमीलाई नियाल्ने।

लाइब्रेरीमा देख्न थालेको धेरै भयो। पहिला अाँखा जुध्थे, मुस्कान साटिन्थे, बेलाबखत किताब नि साटिन्थे। तर, बिस्तारै आँखा जुधाइसँगै ‘रमाइलो अप्ठ्यारो’ साटिन थालेझैँ लाग्छ। सुन न !

तिम्रो आफ्नो सानो संसार छ। किताबका पाना र दर्शनशास्त्रसम्बन्धी लेखले बनेको। तिमी इन्ट्रोभर्ट, ल्यापटपअगाडि मौन बसी पढिरहन्छौ। र, म ठ्याक्क तिम्रोभन्दा अगाडिको ७ नं. टेबलमा बसी किताबपछाडि लुकेर तिम्रा अनुहारका भाव पढिरहन्छु।

आँखीभुइँ उठाई, नाक खुम्च्याई, हातले टाउको अड्याई तिमी कुनै लेखकका विचारसँग जुधिरहेथ्यौ हिजो। अनि म चाहिँ बिनासित्ति त्यसलाई सरापिरहेथेँ। ‘हिजोकै लेखक ठीक थियो’– सायद उसका विचारको सहमतिमा तिमी अनायासै मुस्काएका थियौ।

तिमीलाई लाइब्रेरीमा देख्न थालेको धेरै भयो। पहिला अाँखा जुध्थे, मुस्कान साटिन्थे, बेलाबखत किताब नि साटिन्थे। तर, बिस्तारै आँखा जुधाइसँगै ‘रमाइलो अप्ठ्यारो’ साटिन थालेझैँ लाग्छ। सुन न ! साँच्चै साटिएकै हो कि केवल एकतर्फी भाव हो यो, रमाइलो अप्ठ्यारो ?

सीधै सोधिहाल्ने हिम्मत छैन। कोसिस पनि नगरेको होइन, तिमीसँग बोल्न। साथीसँग झग’डा गरी–गरी क्यान्टिनको लाइनमा कि त तिमीअगाडि कि त पछाडि पर्थें म। तर, तिम्रो अगाडि हँुदा तिमीले साथीभाइसँग गरेका कुरामा लट्ठ पर्दै पछाडि फर्किन बिर्सन्थेँ र तिमी अगाडि परेको दिन तिमीले रोजेका परिकारको हेक्का राख्दाराख्दै तिमी भीडमा हराइसकेका हुन्थ्यौ। राजमाको तरकारी भएको दिन ठूलो कचौरा रोज्थ्यौ। खिर पाकेको दिन सिर्फ आलुको सब्जीले टाथ्र्यौ। अब त अनुहारका भावजस्तै खान्कीका चाहमेत अनुमान गर्न सक्ने भइसकेकी थिएँ।

मलाई पनि रिस उठेथ्यो, आफ्ना संवे’गहरूप्रति, जसले मलाई जुरुक्क उठेर हिँड्नबाट रोकेथे, मानौँ, खुट्टा पक्रेर राख्न चाहन्थे त्यहीँ, तिमीसँगै।

मैले जानीबुझी तिमीमाथि नजर राख्न खोजेकी छैन, तर कलेजको भीडमा तिम्रो खैरो ब्यागले परैबाट मेरो नजर खिचिदिन्छ। लाइब्रेरी अगाडिको सुकेसको तेस्रो लेभलबाट तिम्रा काला कन्भर्सले चिच्याएर भनिरहन्छन्, ‘म लाइब्रेरीमा छु है, भित्र आऊ।’ क्यान्टिनको घडीले पनि त २ बजेपछि ‘पर्खी, उसको खाजा खाने बेला भयो’ भनिरहन्छ।

अस्ति पनि म जानीबुझी गएर तिमी एक्लै बसेर खाजा खाने टेबलमा बसेकी थिइनँ। २ नै नबजी तिमी आयौ त मेरो के दोष ?

तिमीलाई आफ्नो एकान्त संसारमा अरू कसैले हस्तक्षेप गरेकाले रि’स उठ्यो होला र जब’र्जस्ती मुस्कुराउँदै आएर छेउमा बस्यौ। मलाई पनि रिस उठेथ्यो, आफ्ना संवे’गहरूप्रति, जसले मलाई जुरुक्क उठेर हिँड्नबाट रोकेथे, मानौँ, खुट्टा पक्रेर राख्न चाहन्थे त्यहीँ, तिमीसँगै।

अनि अझ रिस उठ्यो त्यो संवेगप्रति, जो तिमीसँग बोल्न चाहन्थ्यो र मलाई भनायो– ‘अस्ति माइकल फुको पढ्दै हुनुहुन्थ्यो तपाईं। वस्तु र भावमा कुन महŒवपूर्ण ठान्नुहुन्छ ?’ …आफ्नै शब्दबाट स्त’ब्ध थिएँ म, जब तिमीले उल्टै प्रश्न गरेथ्यौ– ‘तिमीलाई के लाग्छ ?’

लाइब्रेरीमा मलाई पाँच सेकेन्डभन्दा बढी नियाल्ने हिम्मत गर है ! अनि त्यो दिन क्यान्टिनको तिम्रो टेबलमा बसी तिम्रा अनुहारका रङसँगै विचारका रङ पनि पढ्ने प्रयत्न गर्नेछु।

अनि फेरि तिमी नै बोल्यौ, बोलिरह्यौ। म पनि बोलेथेँ बेलाबेला। इतिहासका गफ भए, साहित्यका गफ भए, भावनाका गफ भए तर तिम्रा अनुहारका बदलिँदा रङ र हाउभाउबाहेक मलाई खासै केही याद छैन।

अब त अर्को दिनबाट हिम्मतै भएन, साढे एकै बजेको भए पनि तिम्रो टेबलमा गई बसिदिन र पाँच सेकेन्ड नपर्खी तिमीतिर हेरिदिन।

आज बढो हिम्मतसाथ यी शब्द कोर्दै छु। थाहा छैन, तिमीसम्म पुर्‍याउने हिम्मत जुटाउन सक्छु कि सक्दिन ? यदि जुटाइहालेछु भने, यी शब्दले अरू लेखकका विचारझैँ तिम्रा अनुहारका हाउभाउमा राज गर्न पाएछन् भने, अर्को पटक लाइब्रेरीमा मलाई पाँच सेकेन्डभन्दा बढी नियाल्ने हिम्मत गर है ! अनि त्यो दिन क्यान्टिनको तिम्रो टेबलमा बसी तिम्रा अनुहारका रङसँगै विचारका रङ पनि पढ्ने प्रयत्न गर्नेछु।

उही तिम्री
७ नं. टेबल।

मोडलिङमा सुशील श्रेष्ठ र रुबिना थापा। तस्बिर : कुबेर ड्रंगोल/अन्नपूर्ण सम्पूर्ण
(यो पत्र ‘अन्नपूर्ण सम्पूर्ण’ले आयोजना गरेको ‘सम्पूर्ण प्रेमपत्र प्रतियोगिता’को उत्कृष्ट प्रेमपत्र हो।)

प्रकाशित मिति February 14, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।