दुर्घ’टनामा ज्यान गु’माउनेको विस्तृत विवरण आउन सकेको छैन
काठमाडौं : वैदेसिक रोजगारका क्रममा कुवेतमा रहेका ६ जना नेपालीको मृ’त्यु भएको पुष्टी भएको छ । कुवेतको एक निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ढिस्कोमा पु’रिएर चार जनाको घट’नास्थलमै र दुईजनाको उपचा’रका क्रममा मृ’त्यु भएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
कुवेतस्थित नेपाली नियोगका द्धितीय सचिव जानकी ओझाका अनुसार मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा ब्लक ५ ढल निर्माण गर्ने क्रममा बालुवा र ग्रामेलको ढिस्को ख’सेको थियो ।
ओझाका अनुसार दुर्घ’टनामा ज्यान गु’माउनेको विस्तृत विवरण आउन सकेको छैन । छिट्टै प्रतिवेदन दिन माग गरिए पनि प्रहरीले नदिएको उनको भनाइ छ ।
प्रकाशित मिति February 13, 2020हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।