के पल र आँचलको जोडी छुटेकै हो ? (१० तस्बिरसहित)

छोटो समयमा नै चर्चामा रहेकी आँचल पल शाहकै कारण चर्चित भएको भन्ने गसिप पनि चल्थे ।

अभिनेता पल शाह मयुजिक भिडियोका चल्तीकाो मोडल तर फिल्ममा खासै जम्न सकेका छैनन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘वीर विक्रम २’ व्यावसायिक रुपमा पूर्ण असफल रह्यो । यो फिल्ममा पलको पनि शीर्ष भूमिका थियो । यस्तै फिल्ममा नाजिर हुसेन र वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका थियो ।पल अभिनित फिल्म ‘हृदयभरि’ प्रदर्शन हुन बाँकी छ । योबाहेक पलसँग अरू कुनै फिल्म छैनन् । बरु उनी फाटफुट म्युजिक भिडियोमा देखिन भने छोडेका छैनन् । पल शाहको नाम सधैजसो आँचल शर्मासँग जोडिएर आउने गर्थ्यो । छोटो समयमा नै चर्चामा रहेकी आँचल पल शाहकै कारण चर्चित भएको भन्ने गसिप पनि चल्थे । संयोग त के छ भने आँचल शर्मा अभिनित फिल्म ‘दाल भात तरकारी’ पनि खासै सफल रहेन । व्यापारका हिसाबले भने यो फिल्मले ठीकै व्यापार गरेको बताइन्छ।

एकसाथ नाम जोडिएर आउने पल र आँचल पछिल्लो समय भने छुट्टाछुट्टै रुपमा देखिन थालेका छन् । मिडियामा सधै नाम जोडिएर आउन थालेपछि यी दुई छुट्टिएर काम गरेको भन्ने खासखुस पनि चल्छ । पछिल्लो समय बरु पललाई ‘वीर विक्रम २’ को पर्दामा देखिएकी वर्षा शिवाकोटीसँग देखिन्छ । आँचल भने खासै मिडियामा देखिएकी छैनिन् । पल र आँचल एकसाथ सार्वजनिक हुन कम गरेपछि मिडियामा भने यी दुईको ब्रेकअप भएको चर्चा चल्न थालेको छ । शुरुमा आँचलले पललाई दाइसमानको मान्ने गरेको बताए पनि पछि भने उनले पलप्रति केही लचकता देखाउन थालेकी थिइन् ।

फेरि सिने बजारमा हल्ला चल्न थालेको छ, पल र आँचलको ब्रेकअप भएछ । वास्तविकतामा यी दुईबीच कस्तो सम्बन्ध छ, त्यो उनीहरुलाई नै थाहा होला, तर पल र आँचलको नाम जोडिएर फ्यानले सम्बोधन गर्न भने छोडेका छैनन् । फ्यानहरूले यो जोडीलाइ निकै रूचाएका कारण पनि हुन सक्छ यसरी निरन्तर नाम जोडिरहने…

 

प्रकाशित मिति June 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।