महोत्सवमा नल्याउन माग गर्दै ज्योती मगर र दुर्गेश थापाको विरोध

खोटाङको दिक्तेलबजारमा सञ्चालन गर्न लागिएको प्रथम दिक्तेल महोत्सवमा गायिका ज्योती मगर र गायक दुर्गेश थापालाई ल्याउने लागिएको भन्दै प्रगतीशिल लेखक संघले विरोध जनाएको छ।

समाजलाई वि’कृति र बिसं’गतीतर्फ धकेल्ने भएकाले उनीहरुको आगमन र प्रस्तुतीलाई रोक्नका लागि माग गर्दै प्रगतीशिल लेखक संघले बुधबार उद्योग बाणिज्य संघलाई ज्ञापनपत्र बुझाएको छ

‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक संमृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पुर्वाधार’ भन्ने नारासहित आगामी फागुन २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा गायीका मगर र गायक थापालाई सांगीतिक प्रस्तुतीका लागि ल्याउन लागेको भन्दै प्रलेसले विरोध जनाएको हो।

गायिका मगर र गायक थापाको प्रस्तुतीले समाजलाई वि’कृति र बिसं’गतीतर्फ धकेल्ने भएकाले उनीहरुको आगमन र प्रस्तुतीलाई रोक्नका लागि माग गर्दै प्रगतीशिल लेखक संघले बुधबार उद्योग बाणिज्य संघलाई ज्ञापनपत्र बुझाएको छ। संघले महोत्सवमा खोटाङका कलारकारलाई प्राथमिकतामा राख्न, साहित्यीक र चेतनामुलक कार्यक्रम थप गर्न बाणिज्य संघ समक्ष माग गरेको छ।

प्रकाशित मिति February 13, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।