यो’नि कसिलो बनाउने ‘केगेल कसरत’ कसरी गर्ने ? जान्नुहोस्

व्यक्तिअनुसार लिं’ग वा यो’निको नाप र आकारमा धेरै भिन्नता हुन्छ । कतिपय स्थितिमा लिं’गको गोलाइसँग तुलना गरी यो खुकुलो भयो कि भनिन्छ ।यो’नि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्किन सक्ने गुण भएको नली आकारको अंग हो, जसको लम्बाइ सामान्यतया ३ देखि ४ इन्च हुन्छ । यो’नि नली आकारको अंग भए पनि पाइपको जस्तो जतिबेला पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन ।

सामान्य अवस्थामा यसका भित्ताहरू एक–अर्कासँग टाँसिएको अवस्थामा हुन्छन् तर लिं’ग प्रवेश गर्दा यसले त्यसका लागि स्थान दिन्छ । एकछिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैं खुकुलो भएर सानो कुरा च्या’प्नै नसक्ने हुन्छ र ? पक्कै हुँदैन । ठूलो लड्डु खाएपछि हाम्रा ओठले पातलो सियो पनि राम्रोसँग समाउन सक्छ । यौ’नसम्प’र्क राख्दैमा यो’नि खुकुलो हुने कुनै वैज्ञानिक आधार छैन ।

यौ’न उत्ते’जना हुँदा धेरै पानी अर्थात् यो’नि रस आएर अत्यधिक चिप्लो हुँदा खुकुलोपन महसुस हुन्छ । अत्यधिक चिप्लो हुँदा अलिकति पुछेर यौ’नसम्प’र्क गर्दा हुन्छ तर यो’निलाई सुख्खा नै बनाउनु बुद्धिमानी हुँदैन ।

केगेल कसरत कसरी गर्ने ?

यौ’नांग क्षेत्रको मांसपेसीलाई बलियो बनाउन गरिने कसरतलाई केगेल (Kegel) कसरत भनिन्छ । यो’निमा औंला पसाई औंलालाई अँठ्याउने अर्थात् खुम्च्याउने गर्दा यो मांसपेशीलाई तपाईले महसुस गर्न सक्नुहुन्छ । उक्त मांसपेशी पहिचान गरेपछि औंला नपसाई पनि खुम्च्याउन सकिन्छ । सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने । बिस्तारै यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्‍याउनुपर्छ । बिस्तारै १० देखि १५ पटकसम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने । यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पटकसम्म पुर्‍याउनुपर्छ । ६ हप्तासम्म नियमित रूपमा यो कसरत गरे फरक महसुस हुने गरी केही फरक देखिन्छ ।

यो मांसपेशी संकुचित गरेर यौ’नसम्प’र्कका बेला लिं’गलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ । यसले महिलालाई मात्र होइन, पुरुषलाई पनि यौ’नसुख प्राप्त गर्न मद्दत गर्छ । यसबाहेक अन्य उपायहरूका बारेमा भन्नुगर्दा, निश्चित तौलका यो’नि कोन (vag’inal cone) महिलाको यो’निमा राखेर त्यसलाई अड्काइराख्न भनिन्छ, जसले गर्दा यौ’नां’गको मांसपेशी बलियो होस् ।

त्यसैगरी विद्युतीय उत्ते’जना (electric stimulation) अर्थात् यो’निमा एक किसिमको यन्त्र (probe) राखेर विद्युत्को हल्का करेन्ट प्रयोग गरी यौ’नांग क्षेत्र (pe’lvic floor) का मांसपेशीलाई खुम्चन र खुकुलो हुन उत्ते’जित पारिन्छ । ल्भयअयलतचय Neocontrol नाम भएको यो साधन एउटा विशेष किसिमको कुर्सी हो । विशेष किसिमले चुम्बकीय क्षेत्रको प्रयोग गरेर यौ’नांग क्षेत्रको मांसपेशीलाई उत्ते’जित पारिन्छ । यो उपचार सामान्यतः २० देखि ३० मिनेटका लागि साताको दुईपटक यस्तै आठ साताजति गरिन्छ ।

अन्त्यमा यो’नि खुकुलोपनको समस्या अति नै छ भने vag’inoplasty (भ’जाइनोप्लास्टी) शल्यचिकित्सा पनि गर्नुपर्ने हुनसक्छ । यस्तो श’ल्यचिकित्सालाई सामान्यतया अन्तिम उपायका रूपमा लिइन्छ । अचेल यसमा लेजर प्रविधिको प्रयोग समेत सुरु भएको छ ।

प्रकाशित मिति February 11, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।