स्वस्थानी व्रतकथाका पाना ‘च्यात्न’ नेकपा सांसदको माग (भिडियो)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद योशोदा गुरुङ सुवेदीले स्वस्थानी व्रत कथाका पानाहरू च्या’त्नुपर्ने बताएकी छिन्।मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले छाउपडी जस्तो संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रत कथा र ऋषिपञ्चमी व्रत कथाका पानाहरू च्याउनुपर्ने माग गरेकी हुन्।

‘छाउजस्ता परम्परा र संस्कृतिलाई मजबुत पार्ने स्वस्थानी ब्रत कथा र ऋषी पञ्चमी ब्रत कथाका पाना च्यात्न सकोस्’ उनले भनिन् ‘सम्माननीय सभामुखज्यूमार्फत म यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले सरकारले चलाएको छाउगोठ भत्का’उने अभियान स्वागतयोग्य रहेको बताइन्। ‘सदियौंदेखि महिलालाई जगडेर राखेको यो कुरीतिलाई हटाउन केबल बारीमा भएको छाउगोठ मात्र भ’त्काएर हुँदैन। मान्छेको मन मस्तिकबाट छाउगोठ भत्काउनुपर्छ,’ उनले भनिन्।

उनले यस्ता कुरीति हटाउन देशको हरेक क्षेत्रबाट सबैको उतिकै खाँचो रहेको बताइन्।

प्रकाशित मिति February 11, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।