मृ’त्‍यु पछी के हुन्छ मान्छे ?

मानिस को मृ’त्यु पछी के हुन्छ हामीलाई थाहा नहुन सक्छ अचम्म लाग्छ मान्छे म’रिसकेपछि के हुन्छ भन्ने प्रस्न सुन्दा हामीहरु कहिले काही सुन्ने गर्छौ कि मानिस म*रेपछि अर्को जन्म मा सर्प, गाई भैसी लगाएत अन्य जनावर हरु बन्छ भनेर तर हामीलाई थाहा छैन कि हामि अर्को जन्म मा के बन्छौ ।

हाम्रो मृ*त्यु पछी के हुन्छ भन्ने कुरा को बारेमा गौतम बुद्धले उपदेश दिनुभएको छ ।

हजुरले आजसम्म हामीलाई मानिसको मृत्युपश्चात् के हुन्छ भन्ने विषयमा केही पनि बताउनुभएको छैन । यस विषयमा केही जान्न पाए हुन्थ्यो प्रभु !

एकपटक बुद्ध आफ्ना शिष्यका साथमा संवादमा व्यस्त थिए । उनीहरू बुद्धसित अनेक प्रश्न सोधिरहेका थिए । बुद्ध पनि यथोचित उत्तर दिएर उनीहरूको जिज्ञासा शान्त बनाइरहेका थिए ।

यसै क्रममा एक शिष्यले उनलाई सोधे– भगवान्, तपाईंले आजसम्म हामीलाई धेरै कुराको ज्ञान दिएर बाटो देखाउनुभएको छ ।हामी पनि हजुरजस्तो महान् गुरुका शिष्य बन्न पाउँदा धन्य भएका छौँ । तर, हजुरले आजसम्म हामीलाई मानिसको मृ*त्युपश्चात् के हुन्छ भन्ने विषयमा केही पनि बताउनुभएको छैन । यस विषयमा केही जान्न पाए हुन्थ्यो प्रभु !

उनको जिज्ञासा सुनेर बुद्ध मन्दमन्द मुस्कुराए । एकैछिन मौन रहे । एकछिनपछि गम्भीरतापूर्वक उनले भने– हो त है, मैले यसबारे तिमीहरूलाई केही पनि बताएको छैन । ठिकै छ आज म तिमीहरूलाई यसबारे बताउँछु । तर, यसबारे बताउनुअघि तिमी मेरो एक प्रश्नको जवाफ देऊ है ! उनका शिष्यले भने– आज्ञा होस् प्रभु ! बुद्धले भने– एकजना मानिस सुनसान जंगलको बाटो कतै जाँदै थियो ।

हामीले सबैभन्दा पहिले यस जीवनका दुःखको निवारणको उपाय खोज्नु ठीक हुन्छ कि मृ*त्युपछि के हुन्छ भनेर टाउको दुखाउनु ठीक होला ?

अचानक कतैबाट आएर एउटा वि*षालु वाण उसको शरीरमा घु*स्यो । यस्तो अवस्थामा उसले तत्काल के गर्नु उचित हुन्छ ? पहिले शरीरमा घुसेको वाण हटाउनु ठीक हुन्छ कि त्यो वाण कसले चलाएको थियो, कताबाट आएको थियो र कसलाई लक्ष्य गरेर चलाइएको थियो, त्यो पत्ता लगाउनु उचित हुन्छ ?

प्रश्नकर्ता शिष्यले जवाफ दिए– उसले सबैभन्दा पहिले शरीरमा घुसेको वाण निकाल्नुपर्छ । अन्यथा वाणको वि*ष पूरै शरीरमा फैलिएर उसको ज्या*नै पनि जा*न सक्छ । शिष्यको जवाफ सुनेपछि मन्द मुस्कुराउँदै बुद्धले भने– तिमीले बिल्कुलै ठीक भन्यौ । अब तिमी मलाई अर्को एउटा प्रश्नको जवाफ देऊ । हामीले सबैभन्दा पहिले यस जीवनका दुःखको निवारणको उपाय खोज्नु ठीक हुन्छ कि मृ*त्युपछि के हुन्छ भनेर टाउको दुखाउनु ठीक होला ? बुद्धको प्रश्न सुनेपछि शिष्यको जिज्ञासा शान्त भयो ।

प्रकाशित मिति February 10, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।