सीसीटीभी फुटेजबाट पत्ता लाग्यो ह’त्यारा: यसरी भएको थियो मुना कार्कीको ह’त्या

पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको ह’त्या घरमा सहयोगीका रूपमा राखिएका दाङका बिजय चौधरीले गरेको सीसीटीभी फुटेजबाट देखिएको छ ।सोमवार बिहान पूर्वसचिव कार्की पशुपति दर्शन गर्न गएका बेला कार्कीको घरमा सहयोगीका रूपमा रहेका चौधरीले मुनाको ह’त्या गरेका थिए ।

घट’नाको अनुसन्धान गरिरहेको प्रहरीले कार्कीको घरमा रहेका ३ वटा सीसीटिभी क्यामेराबाट रेकर्ड गरिएका दृश्य हेरेका थिए ।प्रहरी स्रोतका अनुसार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनाको हा’त बाँधे’का थिए । त्यसपछि ती दुवैबीच केहीबेर घ’म्साघम्सी भयो, तर मुनाको केही लागेन ।

‘प्लास्टिकको पहेंलो डोरीले पछाडिबाट मुनाको हात र घाँ’टीमा कसेको देखिन्छ,’ स्रोतले भन्यो, ‘त्यसपछि मुना भुईंमा लडि’न् । अनि निलो पिर्काले मुनाको टा’उकोमा हाने’का थिए ।’

यो घट’ना भान्साकोठामा भएको थियो । त्यसपछि चौधरीले मुनालाई डोरीमा समातेर घि’सारे ।प्रहरी स्रोतको दाबीअनुसार चौधरी त्यसपछि किचनसँगैको बरण्डामा गैर डोरीमा झुण्डि’एर आ’त्महत्या गरेका हुन् ।

मुनालाई अपराह्न सवा १२ बजे स्थानीय केही छिमेकीले सानेपास्थित स्टार अस्पताल ल्याएका थिए । डाक्टर बज्राचार्यले भनिन्, ‘उहाँलाई यहाँ ल्याउँदा पल्स थिएन । आँखा नि’लो भइसकेको थियो । हामीले तत्काल इसीजी गरेर हेर्यौं, त्यो पनि फ्ल्याट भइसकेको थियो ।’

प्रकाशित मिति February 10, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।