कलंकी दु’र्घटना: परिवारलाई उनीहरूकै आस थियो तर टिपरले मा’र्दियो’

बुधबार रातको १२ बजे आसपास। कलंकी मुख्य चोकमा गाडीका घाइँघुइँ अलिअलि थियो। यो घाइँघुइँ छिचोलेर एक्कासि ड्या’म्म ठूलो आवाज आयो। खसीबजार छेउका प्रहरीहरू के भयो भन्दै कलंकीतिरै दौडिए।

कलंकीको पोहोर मात्र उद्घाटन भएको अन्डरपास मुनि पुग्दा दृश्य भया’नक थियो। एउटा मोटसाइकल ज’लिरहेको। छेउमा दुई युवा सडकमा अ’चेत। आगोले उनीहरूलाई पनि भेटेको थियो।

प्रहरीले हत्तपत्त पानी हालेर दुई जना युवाको ज्याकेटमा सल्के’को आ’गो निभाए। अ’चेत अवस्थामा रहेका उनीहरूलाई प्रहरीले सहिद मेमोरियल अस्पताल पुर्‍यायो। अस्पतालले उपचार गर्न नसक्ने बताएपछि टिचिङ अस्पताल, महाराजगन्ज पुर्‍याए। तर त्यहाँ पुर्‍याउनु अगाडि नै उनीहरूको ज्यान गइसकेको थियो।

सडक दुर्घ’टनामा ज्या’न गु’माउने ती दुई जना थिए रौतहटका २४ वर्षीय मुन्ना चौधरी र १९ वर्षीय राजेश चौधरी। प्रहरीका अनुसार कलंकीको अन्डरपासमुनि विपरीत दिशातिरबाट आइरहेको टिपरले उनीहरूले चलाएको मोटरसाइकललाई ठक्क’र दिएर भा’गेको थियो।

ठक्क’र दिने टिपरको अत्तोपत्तो थिएन। बिहीबार तीन बजेतिर बल्ल नख्खुमा भेटियो। नख्खु पुलवारि रहेको चन्द्र-सूर्य ग्यारेजमा लुकाएर राखेको अवस्थामा टिपर फेला परेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

दुर्घ’टनामा परेका मुन्ना रौतहट कटहरि गाउँपालिका ७ र राजेश कटहरि गाउँपालिका ४ का बासिन्दा हुन्।

मुन्ना पाँच वर्षदेखि काठमाडौंमा संघर्ष गर्दै थिए। बिहान सबेरै ग्यारेज पुग्थे। दिनभर काममा व्यस्त हुन्थे। कहिले फिल्ड, कहिले ग्यारेजमै बिग्रि’एका गाडीहरू मर्मत गर्थे। ठीकठाक बनाउँथे। कहिले बस, कहिले माइक्रो, कहिले टिपर पनि मर्मत गर्थे।

बुधबार पनि उनी ग्यारेजमा काम गरेर दुई दिनअघि मात्र काठमाडौं आएका उनका साथी राजेश चौधरीसँग मध्यरातमा कोठा फर्किँदै थिए। राजेशले चलाएको मोटरसाइकललाई टिपरले हान्यो।

उनीहरूको सहयात्रा त्यही बेला सदाको निम्ति सकियो। मुन्ना र राजेशको शव टिचिङको श’वघरमा राखिएको छ।

दुवैको परिवारमा अहिले रु’वावासी भएको उनैले सुनाए। परिवारको पेट पाल्न काठमाडौंमा मजदुरी गरिरहेको छोरोलाई टिपरले कु’ल्चिदिएपछि मुन्नाका बुवाका आँखा थामिएका छैनन्। आमाको हो’स खुलेको छैन। अघिल्लो वर्ष मात्रै भित्र्याएकी मुन्नाकी श्रीमतीको अवस्था झन् द’यनीय छ।

प्रहरी वृत्तमा अबेर रातिसम्म पी’डित र पीड’क पक्षको वार्ता भए पनि कुरा मिलेको थिएन। वार्ता नमिलेकै कारण मुन्ना र राजेशको श’वको पो’ष्टमा’र्टम पनि भएको छैन।

राजेशलाई परिवारको आर्थिक अवस्थाले पिरोलेको थियो। उनका बुवा माछा बेचेर गुजारा चलाउँछन्। वृद्ध भइसकेकाले टाढाटाढा पुगेर बेच्न सक्दैनन्।

राजेशले घरको अवस्थाका कारण दस कक्षामै पढाइ छाडेर कमाउन विदेश जाने सुरसार कसेका थिए।

‘के भन्नु, कमाउने आस त्यही भाइको थियो। बा पनि बूढो भइसक्नुभयो,’ राजकुमारले १९ वर्षे कलिलो भाइ गुमाएको पीडा अलिकति थाम्दै यत्ति भन्न सके।

‘यो परिवारलाई उसैको त आस र भर थियो। टिपरले मा’र्दिइहाल्यो,’ प्रहरी कार्यालय परिसरमा भेटिएका राजेशका अर्का आफन्तले भने।

मुन्ना र राजेश चढेको मोटरसाइकल उनीहरूको थिएन। अर्काको मोटरसाइकल चढेर कोठा फर्कंदै गरेकोसम्म बुझिएको छ।

‘कसको मोटरसाइकल हो, त्यो पनि खुलेको छैन। क्षतिग्रस्त मोटरसाइकल सद्दे बनाएर बुझाउनुपर्ने होला। गरिब परिवारले कसरी गर्नु?’ अर्का आफन्त दुःख बिसाउँदै थिए।

काठमाडौंमा टिपर आ’तंक बढेपछि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म चक्रपथ क्षेत्रमा गुडाउन नपाइने नियम छ। तर दुर्घ’टना कत्ति कम भएको छैन। यो वर्ष उपत्यकामा मात्र नौ जनाले टिपरकै कारण ज्या’न गुमा’इसकेको ट्राफिक प्रहरीको तथ्यांक छ।

प्रकाशित मिति February 7, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।