जलजलामा नेकपाका वडा सदस्य उमेदवारसहित ९ जना नेपाली कांग्रेसमा प्रवेश

सुरेश हमाल
माघ- २४, पर्वत जिल्लाको जलजला गाँउपालिकामा नेपाली कांग्रेसको भातृ संगठन तरूण दलको गाँउ स्तरिय समिती गठन भएको छोटो समयमा नै वडा कमिटी गठनमा तिव्रता दिइएको छ ।

जलजला गाँउपालिका तरूण दलका सभापति प्रकाश फगामी पुनको सभापतित्व, वडा नंं ४ का वडाध्यक्ष भिष्म मल्लको प्रमुख आतिथ्यता, बिजय पुनको स्वागत मन्तब्य तथा तरूण दल सचिव पुर्ण बरूवालको संचालनमा सम्पन्न भेलाले वडा नं ३ र ४ मा वडा कमिटी गठन गरेको छ ।

उक्त भेलाले वडा नं ३ मा सोम जीसीको सभापतित्वमा १७ सदस्यिय तथा वडा नं ४ मा राजकुमार कार्कीको सभापतित्वमा १३ सदस्यीय वडा कमिटी गठन गरेको छ।

उक्त भेलामा केहि युवा अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेशसमेत गरेका छन । अघिल्लो स्थानिय चुनावमा तत्कालिन माओवादी केन्द्र (हालको नेकपा) बाट जलजला वडा नं ३ का वडा सदस्य उमेदवार नविन कार्की साथै प्रकाश जीसी सहित ९ जना नेपाली कांग्रेसमा प्रवेश गरेको सचिव पुर्ण बरूवालले हिमालय दैनिकलाई बताए ।

प्रकाशित मिति February 7, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।