गच्छदारलाई फ’साइएको भन्दै नेविसंघको बिरोध प्रदर्शन

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहपूर्ण तरिकाले ललिता निवास प्रक’रणमा अख्तिया’र दुरुपयोग अनुसन्धान आयोगले फसा’एको भन्दै नेपाल विद्यार्थी संघले शुक्रबार प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा दिउँसो गरेको प्रदर्शनमा कांग्रेसका अन्य भातृसंस्थाका प्रतिनिधिहरु पनि सहभागी भएका थिए।

‘मन्त्रीपरिषद्को निर्णयमा प्रधानमन्त्रीलाई छुट दिँदै मन्त्रीलाई फ’साउने निर्णय जग हसाउने खालको छ। त्यसको विरुद्ध हामीले प्रदर्शनको सुरुवात गरेका छौं

करिब एक घण्टाको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले कम्युनिस्ट नेताहरूलाई बचाएर कांग्रेस नेतालाई फ*साउने र ब’द्‍नाम गर्ने तरिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको बताए।

‘दोषीलाई उन्मुक्ति दिने निर्दोषलाई फ’साउने दुई तिहाइको सरकारको राजनीतिक षड’यन्त्रपूर्ण कदम चाल्न अख्तियारलाई प्रेरित गरेको छ,’ अध्यक्ष ढुंगानाले भने, ‘मन्त्रीपरिषद्को निर्णयमा प्रधानमन्त्रीलाई छुट दिँदै मन्त्रीलाई फसाउने निर्णय जग हसाउने खालको छ। त्यसको विरुद्ध हामीले प्रदर्शनको सुरुवात गरेका छौं। निर्णय नसच्चिएसम्म हाम्रो आन्दोलन जारी छ।’

कोणसभामा तरुण दल अध्यक्ष जितजंग बस्नेतले नेकपा महासचिव विष्णु पौडेलका छोरा नविनलाई जोगाउने गल’त नजिरले नेपाल सस्थागत भ्रष्टा*चारको दलदलमा फस्न लागेको प्रष्ट भएको बताए। अख्ति*यार सरकारको छायाँमा चल्न नहुँने बताए।

प्रकाशित मिति February 7, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।