संगै यात्रा गरेका श्रीमान र छोरीको श’व पनि हेर्न नपाएकी कल्पना !

श्रीमान जागिरे, आफू स्नातकोत्तर पढ्दै, काखमा छोरी, डडेल्धुरा जिल्लाको सदरमुकाममा बसाइ । खुशी र सुखी जीवन यति छिटो उजाडिएला भन्ने सपना पनि देख्नुभएको थिएन अमरगढी नगरपालिका–४ कि कल्पना विष्टले तर अहिले उहाँसँग त्यस्तो सुखी र खुशी परिवार छैन । सबै खोसियो । आफैँ पनि अर्काको सहाराबिना बाँच्न सक्ने अवस्थामा हुनुहुन्न ।

सँगै जिउनेसँगै मर्ने वाचा थियो, तर न जिउन नै पाएँ र नत सँगै म र्न नै । उहाँ अहिले काभ्रेको ‘स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र’ मा हुनुहुन्छ

उहाँ घा’इते मन र शरीर लिएर बाच्नुभएको छ । भन्नुहुन्छ– त्यो खुशी आज यो पीडामा बदलिएको छ । तर बाँच्नुबाहेकको अर्काे विकल्प पनि छैन । विसं २०७१ असोज २० गते डोटीको जोरायल गाउँपालिका, २ (तत्कालीन छतिवन गाविस वडा ५) कट्पत्तेमा भएको बस दुर्घटनामा कल्पनाले श्रीमान् र छोरी गुमाउनुभयो र आफू पनि कहिल्यै निको नहुने गरी घाइ’ते हुनुभयो ।

दुर्घटना हुनुभन्दा तीन वर्षअघि मात्र सँगसँगै खुशीसाथ जीउने वाचासहित डडेल्धुराका लक्ष्मण ठकुराठीसँग विवाह गर्नुभएकी कल्पनासँग अहिलेसँगै जिउने कल्पना मात्र छ । भन्नुहुन्छ– सँगै जिउनेसँगै मर्ने वाचा थियो, तर न जिउन नै पाएँ र नत सँगै म र्न नै । उहाँ अहिले काभ्रेको ‘स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र’ मा हुनुहुन्छ ।

माइतीघर जोरायल गाउँपालिकामा आमाबुबाका हातबाट दशैँको टीका थापेर सपरिवार घर फर्किरहेका बेला भएको उक्त बस दुर्घटनाले अनायास कल्पनाको जीवनमा यो विछो’ड ल्याइदियो । उहाँको जीवन क्षणभरमै उ’जाड बनाइदियो ।

मेरुदण्डमा चो’ट लागेपछि प’क्षाघात भएकी २९ वर्षीया कल्पनाले श्रीमान् र छोरीको घा’इते शरीर पनि हेर्न पाउनुभएन । दु’र्घटनामा घाइ’ते भइसकेपछि कल्पनाले जीउने आश पनि मारि’सक्नुभएको थियो तर अहिले सामान्य रुपमा हिँडडुल गर्न सक्नुहुन्छ ।

त्यसो त चिकित्सकको आश्वासनले उहाँ पहिलेजस्तै हिँड्डुल गर्नसक्ने आशमा हुनुहुन्थ्यो । “तत्कालै सात महिनासम्म भारत लखनउको सिमरा अस्पतालमा उपचार गराएपछि डाक्टरले अब घरमा गएर थेरापी गर्नु, विस्तारै ठीक भइहाल्छ भनेर फिर्ता पठाएका थिए”, कल्पना भन्नुहुन्छ, । “तर घरमा बस्दा कुनै सुधार नभएपछि फेरि उपचारका लागि नयाँ दिल्ली गएँ र त्यहाँ पनि एक महिना बसेँ, तर निको भएन”, कल्पना भन्नुहुन्छ ।

परिवार गुमाउनुभएकी कल्पनाले तर हिम्मत भने हा’र्नुभएको छैन । भन्नुहुन्छ, “मानव जीवन यस्तै हो भनेर चित्त बुझाउन सक्नुपर्छ

एक महिनासम्म विभिन्न अस्पतालमा जाँच गराउँदा मात्र कल्पनालाई थाहा भयो कि अब उहाँ कहिल्यै हिँड्न सक्नुहुने छैन । मेरुदण्डको पक्षाघा’तको उपचार सम्भव नभएको कुरा उहाँलाई नयाँ दिल्लीमा केही समयको उपचारपछि थाहा भयो ।

भारतको नयाँ दिल्लीबाट फर्केपछि उपचारका लागि कल्पना काभ्रे जानुभयो । दिसा पिसाब भएको पनि जानकारी नहुने गरी तल्लो शरीर पूर्णरुपमा निस्कृय भएकी कल्पनालाई पुनःस्थापना केन्द्रमा मेरुदण्ड पक्षघा’त भएकाले कसरी जिउने भन्ने कला सिकाइयो । अहिले उहाँ त्यही पुनःस्थापना केन्द्रमा परामर्शदाताका रुपमा काम गरिरहनुभएको छ ।

आफ्नो विगत सम्झिन त म लाग्दैन तर भक्कानिँदै कल्पना भन्नुहुन्छ, “यो अवस्था होला भन्ने सोचेकी थिइन, हासीखुशी जीवन बित्ला भन्ने कत्रो आशा थियो तर अहिले आएर यसरी अर्काको सहारामा बाच्नुपर्ने भयो ।” परिवार गुमाउनुभएकी कल्पनाले तर हिम्मत भने हा’र्नुभएको छैन । भन्नुहुन्छ, “मानव जीवन यस्तै हो भनेर चित्त बुझाउन सक्नुपर्छ, जे भयो त्यसैलाई सधैँभरि सम्झेरमात्र के गर्नु ?”

कल्पनाको जस्तै क’ष्टप्रद जीवन जिउनुभएको छ ३५ वर्षीया कृष्णा शाहीले पनि । कैलालीको तेघरीमा बस्दै आएकी कृष्णाको परिवार पनि दशैँ मनाउन जिल्लाको जोरायल गाउँपालिकामा जाँदै थियो । दुई छोरा र एक छोरीलाई तेघरीमै छोडेर दशैँ मनाउन आएका उनी र श्रीमानलाई पनि यही दुर्घट’नाले कहिल्यै मिलन नहुने गरी बिछोड गरायो ।

कृष्णाका श्रीमान राजेन्द्र शाहीको दु’र्घटनास्थलमै मृ’त्यु भयो । कृष्णा पनि कल्पनाजस्तै मेरुदण्ड पक्षाघा’त भएर बाँचिरहनुभएको छ । “यस्तो घटना होला भन्ने सोचेका पनि थिएनौँ”, कृष्णाका भतिज शेरबहादुर शाही भन्नुहुन्छ, “काकाहरुको जीवन हाँसीखुशी बितेको थियो तर दैवले एका एक उजाड गरिदियो ।”

मेरुदण्ड पक्षाघा’त भएर दिसा पिसाब भएकोसमेत थाह नपाउने कृष्णालाई अहिले उहाँका नाबालक छोराछोरी र भतिजा बुहारीले बाँच्ने सहारा दिइरहेका छन् । विसं २०७१ असोज महिनामा विजयादशमीको भोलिपल्ट ना ३ ख ५७०७ नम्बरको सुदूरपश्चिम यातायातको बस जोरायलबाट धनगढी जाने क्रममा दुर्घट’ना भएको थियो । उक्त दुर्घटनामा परी स्थानीय २९ ले अकालमै ज्या न गुमाएका थिए भने ६८ घाइते भएका थिए ।

बसमा १२५ भन्दा बढी यात्रु रहेको प्रहरीको भनाइ छ । यात्रुहरु बढी भएर बसको पत्ता टुटेपछि दुर्घ’टना भएको बताइएको थियो । त्यस दुर्घटनाग्रस्त बसका चालक विष्णु साहु अहिले कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

जिल्लामा वर्षेनी दशैँ तथा तिहारको समयमा ठूला दुर्घटना हुने गरेका छन् । चाडबाडको समयमा बढीजसो दुर्घटना हुने भएकाले यहाँको प्रहरी प्रशासनले सवारी अनुगमनमा कडाइ गर्दै आए पनि चालकको लापर्वाही भने भइरहन्छ ।

चाडपर्वमा भएका सवारी दुर्घट’नामा मात्र जिल्लामा १०० भन्दा बढीले अकालमै ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलको तथ्याङ्क छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामी गाउँका सडकमा ट्राफिक प्रहरी नहुने तथा चालकले सवारीमा आफूखुशी क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण वर्षेनी दुर्घ’टना हुने गरेको बताउनुहुन्छ ।

प्रकाशित मिति February 7, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।