विमानकाे शौचालयमा पेस्तोल बि’र्सिएपछि…

बेलायतका पूर्वप्रधानमन्त्री बुधबार डेभिड क्यामरुन न्यूयोर्कबाट लन्डन फर्कदै गरेका थिए । उनको सुरक्षामा बेलायतको महानगरीय प्रहरीका सुरक्षा अधिकारी खटिएका थिए । बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन । सुरक्षा अधिकारीले विमान टेकअफ हुनुभन्दा अगाडि शौचालयमा पेस्तोल बिर्सेको त्यहाँको मिडियाले जनाएको छ।

‘सन’ पत्रिकाको अनुसार प्यासेन्जरले‘लोडेड’पेस्तोल भट्नुभन्दा अगाडि ब्रिटिस विमान टेक अफकाको लागि तयार थियो। अनि शाैचालयमा विमानका एक प्यासेन्जरले पेस्ताेल र क्यामरुनकाे पार्सपाेट भेट्टाए। पेस्ताेल भेटिएकाे पाइलटलेपुष्टि गरे। सुरक्षा अधिकारी भएकाले पेस्तल विमानभित्र ल्याउन छुट थियो। अहिले उक्त पेस्तोल सुरक्षा अधिकारीलाई फिर्ता गरिएको क्याप्टेनले बताए।

तर, यात्रुले सुरक्षा निकायको व्यक्तिसँग भएका पेस्तो’ल हटाउनुपर्छ भनेपछि टेक अफ हुनुभन्दा अगाडि पेस्तोल विमानभित्र राख्न दिइएन। ब्रिटिस महानगरीय प्रहरीका अनुसार यस प्रकरणलाई प्रहरीले निकै ग’म्भीर रुपमा लिएको र उक्त सुरक्षा अधिकारीलाई कामबाट निष्काशन गरेको जनाएको छ।

ब्रिटेनको वायुसेवा निगमको नियम अनुसार प्लेनभित्र बेलायत प्रहरीले हतियार लौजान पाउछन्। विमानका कर्मचारीले आफ्नो स्थितिलाई आफ्नो नियन्त्रणमा लिएको र स्थिति सामान्य रहेको बताएका छन् । यस घट’नास’म्बन्धीको अनुसन्धान भइरहेको ब्रिटिस प्रहरीले जनाएको छ।

प्रकाशित मिति February 6, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।