शरीरबाट ग’न्ध आएको भन्दै विमानबाट निकालियो यस जोडीलाई, दायर गरे मु’द्दा

अमेरिकाको मिशिगनमा बस्ने एक जोडीले अमेरिकन एयरलाइन्सवि’रुद्ध विभेदको आ’रोप लगाउँदै मु’द्दा दायर गरेका छन् । एयरलाइन्सको एक कर्मचारीले आफूहरूलाई शरीरबाट ख’राब ग’न्ध आएको भन्दै विमानबाट निकालेको बताएका छन् ।

अर्थोडक्स यहुदीहरूले हप्ताको एकपटक मात्र नुहाउने गरेको आफूलाई थाहा भएको बताएको मु’द्दामा उल्लेख गरिएको छ । येहुदा योसेफ एड्लर र जेनी एड्लरले आफूहरूको जिउ ग’न्धे नभएको निवेदनमा लेखेका छन् । आफूहरूको धर्मका कारण एयरलाइनले वि’भेद गरेको र बेइ’ज्जत गरेको उनीहरूको आ’रोप छ ।

सन् २०१९ को जनवरी महिनामा एड्लर जोडी आफ्नी १९ महिने छोरीका साथ मायामीबाट डेट्रोइट जान अमेरिकी एयरलाइन्सको विमानमा चढेका थिए । उनीहरू सीटमा बसेको पाँच मिनेटमा एक कर्मचारी आए अनि उनीहरूलाई विमानबाट ओर्लन भने ।
विमानबाट ओर्लिएपछि कर्मचारीले उनीहरूको शरीरको ख’राब ग’न्धका कारण पाइलटले उनीहरूलाई विमानबाट निकाल्न भनेको बताए ।

आफूहरूलाई यसअघि कहिले पनि उडानका बेलामा शरीरको ग’न्धको गुनासो नआएको र आफूहरूले त्यही बिहान नुहाएकोले विमानबाट निकालिँदा स्तब्ध भएको बताए । आफूहरूले विमानस्थलमा रहेका २० जनालाई जिउबाट ग’न्ध आइरहेको छ कि छैन भनी सोध्दा सबैले छैन भनेको उनीहरूले निवेदनमा लेखे ।

उता अमेरिकन एयरलाइन्सले चाहिँ धेरै यात्रु र विमान कर्मचारीले गुनासो गरेपछि एड्लर दम्पतीलाई विमानबाट निकालिएको जनायो । उनीहरूको धर्मका आधारमा यो निर्णय नलिइएको उसले जिकिर गर्‍यो । आफूहरूले अर्थोडक्स यहुदीहरूले लगाउने व’स्त्र लगाएकाले आफूहरूलाई जानाजान तारो बनाइएको एड्लर दम्पतीको आ’रोप छ ।

प्रकाशित मिति February 4, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।