मौन बसेकी वर्षाले गरिन् २ फिल्ममा साइन

नेपाली चर्चित नायिका वर्षा राउत करिब ८ महिना मौन बसेकि थिइन् । चलचित्रमा भन्दा उनको व्यस्तता म्यूजिक भिडियोमा नै देखियो । चलचित्र ‘जात्रै जात्रा’ रिलिज भएपछि वर्षाले अब आफू असफल चलचित्र सहन नसक्ने भन्दै नयाँ चलचित्र साइन गर्न समय लगाइन् ।

वर्षाले अभिनय गर्न लागेको चलचित्र ‘२ नम्बरी’को छायांकन माघको अन्तिमबाट सुरु हुँदैछ । यो चलचित्रमा नायिका पल शाहले वर्षासँग रोमान्स गर्दै

बर्षा राउतकाे सामाजिक संजालमा चर्चा निकै हुने गर्छ । करिब ८ महिना मौन बसेकी वर्षाले अब भने २ चलचित्र लगातार साइन गरेकी छिन् । वर्षाले अभिनय गर्न लागेको चलचित्र ‘२ नम्बरी’को छायांकन माघको अन्तिमबाट सुरु हुँदैछ । यो चलचित्रमा नायिका पल शाहले वर्षासँग रोमान्स गर्दैछन् ।

वर्षाले निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘के घर के डेरा’ पनि साइन गरेकी छिन् । उनी यो चलचित्रमा नायकद्धय दयाहाङ राई र विपिन कार्कीको साथमा देखिदैछिन् । अर्को बर्ष वर्षाका २ चलचित्र रिलिज हुने पक्का भएको छ ।

यो बर्ष पनि उनी अभिनित ‘दाल भात तरकारी र जात्रै जात्रा’ रिलिज भएका थिए । चलचित्र ‘जात्रै जात्रा’ हिट भएपछि असफल चलचित्र सहन नसक्ने भन्दै ८ महिना कुरेर नयाँ चलचित्रमा काम गर्न लागेकी वर्षाका लागि यो निर्णय सही होला या गलत, यसका लागि चलचित्र रिलिजसम्म कुर्नैपर्छ ।

प्रकाशित मिति February 3, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।