अहिले वश्वभर फैलिएकाे काेराेना भाइ’रसले धेरैलाइ दुख दिएकाे छ । चीनको हुवेई प्रान्तको राजधानी हो-वुहान सहर। एक महिनाअघि सम्म त्यो सहर ग्लोबल सिटी थियो। अध्ययन, व्यवसाय र कामका शिलशिलामा विभिन्न देशका मानिसहरू वुहान पुगेका थिए।
गत जनवरी २२ यता भने वुहानको रौनक सकिएको छ। फराकिला चौडा सडक छन् तर गाडी गुड्दैनन्, विमानस्थलमा जहाज आउँदैनन्, रेलवे स्टेशनबाट ट्रेन चल्दैनन्। डिसेम्बरदेखि फैलि’एको नोवेल कोरोनाभा’इरसले वुहानको जनजीवनमात्र प्रभावित पारेको छैन् विश्वलाई आपतकालमा पुर्याइदिएको छ।
संसारका विभिन्न देशले वुहानमा रहेका आफ्ना नागरिकलाई चार्टर्ड जहाज पठाएर फिर्ता ल्याएको छ। नेपाल सरकारले पनि वुहानमा रहेका नेपाली उद्धार गर्ने भनेको छ तर यहाँ ल्याएर कुन ठाउँमा राख्ने भन्ने टुंगो नलागेकाले जहाज पठाउन सकेको छैन।
वुहानका नेपाली भने दुई सातादेखि आफ्नो कोठाभित्र थुनिएर बसेका छन्। विश्वविद्यालयको छात्रावासमा बस्ने विद्यार्थीले किचनमा पनि जाँदैनन्।
‘हामी अहिले एउटा कोठाभित्र खाना पकाउँछौं, त्यहीँ सुत्छौं, त्यहीँ पढ्छौं, बाथरूम पनि भित्रै छ,’ पिचएडीको थेसिस लेखिरहेका अशोक साहले भने,‘मेरो फ्लोरमा २० कोठा छन्। अहिले म एक्लै यहाँ बसिरहेको छु।’
हेर्नुहाेस् भिडियाेः
प्रकाशित मिति February 2, 2020हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।