बझाङमा जीप दुर्घटना: मृत्यु हुनेको सामूहिक अन्त्येष्टि: रोकिएन कसैको आँखामा आँसु

सोमवार भएको जिप दुर्घटनामा मृत्यू भएका ९ जनाको बुधबार सामुहिक दाहसंस्कार गरिएको छ । दुर्घटनामा मृत्यू भएका कोटदेवल गाउँका ९ जनाको सदरमुकाम नजिकको सेती नदी किनार धौलाबगरमा सामुहिक अन्त्येष्टि गरिएको हो । जिन्नाडा घर भएका जिप चालक सुरेन्द्र थापाको जिन्नाडिगाड र सेतीको दोभानमा अन्त्येिष्ट गरिएको छ । बझाङ जिल्लामा भएको यो अहिलेसम्मकै ठुलो सडक दुर्घटना हो । मृतकहरुलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि कोटलदेवलका स्थानीय र जिल्लाका विभिन्न ठाउँबाट सयौंको संख्यामा सर्वसाधारण आएका थिए ।

दुई बालवालिकासहित नौ जनाको सामूहिक शवयात्रामा सहभागी भएका सबै जसो भाव विह्व्ल

दुर्घटनामा आमा जुनधारा खड्का, बुबा कलकबहादुर खड्का र भाइ सरोजलाई गुमाएका कोटदेवलका सन्देश खड्काले मृतकहरुलाई सामूहिक दागवत्ती दिएका थिए । सन्देशका भाइ सरोज र विपनाको शव खाल्डोमा गाडिएको थियो । हिन्दु संस्कार अनुसार ब्रतबन्ध नगरेका मानिसको लास नजलाउने भएकाले सरोज र विपनाको शव गाडिएको हो ।

धौलीदेवी खड्का र छोरा हिक्मत खड्कालाई धौलीका श्रीमान् भारतबाट आएर दागवत्ती दिएका थिए । दुई बालवालिकासहित नौ जनाको सामूहिक शवयात्रामा सहभागी भएका सबै जसो भाव विह्व्ल भएका थिए । मृतकका आफन्त र परिवारका सदस्यहरु रुँदारुँदै बेहोस भएका थिए । जिल्लामा भएको हालसम्मको ठूलो दुर्घटनाको शोकमा मष्टा गाउँपालिकाले बुधबार सार्वजनिक विदा दिएको छ ।

प्रकाशित मिति June 20, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।