जलजलामा तरूण दल वडा कमिटी गठनमा तिव्रता

सुरेश हमाल
माघ- १८, पर्वत जिल्लाको जलजला गाँउपालिकामा नेपाली कांग्रेसको भातृ संगठन तरूण दलको गाँउ स्तरिय समिती गठन भएको छोटो समयमा नै वडा कमिटी गठनमा तिव्रता दिइएको छ ।

जलजला गाँउपालिका तरूण दलका सभापति प्रकाश फगामी पुनको सभापतित्व, महासमिती सदस्य भवानी शंकर पाैडेलको प्रमुख आतिथ्यता, जलाजला गाँउपालिका पार्टी सभापती चन्द्र बहादुर जिसीको बिशिष्ट आतिथ्यता तथा तरूण दल सचिव पुर्ण बरूवालको संचालनमा सम्पन्न भेलाले वडा नं १ र २ मा वडा कमिटी गठन गरेको छ ।

उक्त भेलाले वडा नं १ मा रूपक तिलिजाको सभापतित्वमा १८ सदस्यिय तथा वडा नं २ मा बिसाल अधिकारीको सभापतित्वमा ३१ सदस्यीय वडा कमिटी गठन भएको छ भने हरेक हप्ताको शुक्रबार र शनिबार क्रमश बाँकि वडामा कमिटी गठन गरि एक महिना भित्रमा पुर्णता दिदै समाज रूपान्तरणमा धेरै भन्दा धेरै युवाहरूलाइ क्रियाशिल बनाउने सचिव पुर्ण बरूवालले हिमालय दैनिकलाइ बताए ।

प्रकाशित मिति February 1, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।