न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजबाट हार्दिक बाहिरिए

भारतका हार्दिक पाण्ड्याले न्युजिल्याण्डविरुद्धको टेष्ट खेल गुमाउने भएका छन् । पाण्ड्याले चोटका कारण दुई टेष्ट खेलको सिरिज गुमाउने भएका हुन् ।

न्युजिल्याण्ड भ्रमणमा रहेको भारत अहिले टी–ट्वान्टी सिरिजमा ब्यस्त रहेको छ । ५ खेलको टी–ट्वान्टीमा भारतले ४–० को अग्रतासहित सिरिज कब्जा गरिसकेको छ । टी–ट्वान्टीपछि भारतले न्युजिल्याण्डसँग एकदिवसीय अन्तराष्ट्रिय र टेष्ट सिरिज खेल्ने छ ।

अलराउण्डर पाण्ड्या टेष्टमा उपलब्ध नहुने भएपछि भारतलाई ठुलो झट्का लागेको छ । लामो समय देखि ढाडको समस्याका कारण पाण्ड्या क्रिकेट बाहिर रहँदै आएका छन् । सन् २०१९ को सेप्टेम्बर देखि पाण्ड्या क्रिकेट टिम बाहिर रहेका छन् ।

याे पनि पढ्नुहाेस्ः
साताको शेयरबजार : साढे छ अर्बमाथि कारोवार

धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो । लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८० कम्पनीका कूल एक करोड ६२ लाख ८९ हजारु २४९ कित्ता शेयर रु छ खर्ब ५४ अर्ब २७ लाख ८६ हजार ४६४ मा खरीदबिक्री भए ।

साताको पहिलो दिन नेप्से परिसूचक झण्डै २१ अङ्कले ओरालो लाग्यो । सो दिन नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार २७६.६८ मा समेटियो । कूल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर रु ९६ करोड ५० लाख १८ हजार ६६२ मूल्यमा खरीदबिक्री भए ।

यस्तै सोमबार नेप्से झण्डै २४ अङ्कले वृद्धि भयो । स्टकका अनुसार नेप्से २३।९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुग्यो । नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार रकममा भने त्यसको प्रभाव देखिएन । कूल १८० कम्पनीका २४ लाख नौ हजार २६२ कित्ता शेयर रु ९१ करोड ७३ लाख ५९ हजार ८६५ मूल्यमा खरीदबिक्री भए ।

यस्तै मङ्गलबार नेप्से सामान्य वृद्धि भयो । त्यस दिन नेप्से ५.५२ अङ्कले बढेर एक हजार ३०६.१५ मा पुग्यो । मङ्गलबार कूल १७८ कम्पनीका ३७ लाख ३९ हजार ३९७ कित्ता शेयर रु एक अर्ब ४० करोड ४ लाख ७६ हजार ८०५ मा खरीदबिक्री भयो ।

बुधबार नेप्सेमा झिनो अङ्कले गिरावट आयो । सो दिन नेप्से ०.२७ अङ्कले घटेर एक हजार ३०५.८८ मा थामियो । त्यसदिन कूल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ मा खरीदबिक्री भए ।

साताको अन्तिम दिन नेप्से उकालो लाग्यो । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक झण्डै २० अङ्कले उकालो लाग्यो । स्टकका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुग्यो । नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भयो ।

कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर रु एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ मूल्यमा खरीद बिक्री भए । यस साता स्कटकमा सनराइज बैंकका ऋणपत्र सूचीकृत भए। स्टकका अनुसार ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएका हुन्।

याे पनि पढ्नुहाेस्ः
मछिन्द्र शीर्ष स्थानमा

मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

मछिन्द्रको जितमा विशाल राई बी र रञ्‍जित धिमालले एक एक गोल गरे । एपीएफका रमेश दंगालले एक गोल गरे । खेलमा सुरुवाती अग्रता उल्टाएर मछिन्द्रले जित निकालको हो । रोमान्चक बनेको खेलको ४३ औं मिनेटमा रमेशको गोलबाट एपीएफले अग्रता बनाएको थियो ।

राजिब लोप्चनलाई पिटर सेगुनले लडाएपछि पाएको फ्रिकिकमा रमेशले हेड गोल गरेका थिए । दोस्रो हाफमा भने मछिन्द्र खेलमा फर्कियो । खेलको ४८ औं मिनेटमा विशालले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । रञ्‍जित धिमालको कर्नरमा विशालले सुन्दर गोल गरेका थिए । त्यसपछि खेलको ८० औं मिनेटमा मछिन्द्रले पेनाल्टी प्राप्त गर्यो ।

डिफेन्डर पिटर सेगुनलाई एपीएफका खेलाडीले डिबक्सभित्र फउल गरेपछि रेफ्रीले मछिन्द्रलाई पेनाल्टी दिएका थिए । रञ्‍जितले पेनाल्टीमा गोल गर्न सकेनन् । पहिलो प्रहार एपीएफका गोलरक्षक राजु योगीले बचाएपछि आएको रिबाउण्डमा रञ्‍जितले गोल गरे । जुन गोल मछिन्द्रको जितमा निर्णायक बन्यो ।

खेलमा मछिन्द्रका देवेन्द्र तामाङ म्यान अफ दि म्याच चुनिए । जितसँगै मछिन्द्रले १० खेलमा २२ अंक जोडेको छ । र, मछिन्द्रले दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबमाथि २ अंकको अग्रता बनाएको छ । ९ खेलमा आर्मीको २० अंक रहेको छ । एपीएफ १० खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति February 1, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।