सलमान खानको बडिगार्ड बन्नुभन्दा पहिले  यस्तो काम गर्थे शेरा

बलिउड चर्चित अभिनेता सलमान खानको बडिगार्ड हालै शेरा चर्चामा आएका छन्। उनले उद्धव ठाकरेको पार्टी शिवसेना जोइन गरेका छन्। यसै मौकामा शिवसेना अक्ष्यक्ष उद्धव ठाकरे र उनको छोरा आदित्य ठाकरे उपस्थित थिए।

अभिनेता सलमान खानको बडिगार्ड शेरा उनको मातोश्री निवासमा पुगेका थिए। जहाँ उनलाई पार्टीको सदस्यता दिलाईयो। यो कुराको घोषणा शिवसेनाको ट्विटर ह्यान्डलमा गरिएको थियो। शेरा २० वर्षदेखि सलमानको बडिगार्ड छन् । सलमान पनि उनलाई आफ्नो परिवार मान्छन् । शेराको वास्तविक नाम गुरमीत सिंह जाली हो ।

हिन्दुस्तान टाइम्सको एक रिपोर्टअनुसार सलमानलाई सेक्युरिटी दिए बापत उनी वर्षमा दुई करोड लिन्छन्। उनको महिनाको तलब १४ लाख हो। सिख परिवारको शेरालाई बाल्यकाल देखि नै बडी बिल्डिंगको शोख रहेको थियो। यही कारण उनी १९८७ मा जूनियर मिस्टर मुम्बई भएका थिए र उनलाई जूनियर वर्गमा मिस्टर महाराष्ट्र चुनिएको थियो।

शेराको बुबा मुम्बईमा गाडी रिपियर गर्ने वर्कशप चलाउथे। उनको पिताले उनलाई शेरा भनेर बोलाउथे। सुरुमा शेरा केहि हलिउड फिल्मको अभिनेता जो भारतमा शूटिंगको क्रममा आउथे, उनीहरुको बडिगार्ड बने। १९९५ मा सोहेल खानले सलमानको विदेशी भ्रमणको लागि शेराको कम्पनीलाई सर्भिस मागे।

सोहेलले शेरालाई प्रश्न पनि गरे कि भाईसँग सधैँ बस्छौ। एक पटक शेरालाई अफिस बोलाईएको थियो किन कि सलमान खानलाई बाहिरको शोको लागि सेक्युरिटी चाहिएको थियो। शेराले सलमानलाई हुन्छ भने र शेराको सर्भिसले खुशी भएर सलमानले सधैँ आफ्नो बडिगार्ड राखे।

त्यसपछि उनी खान परिवारको सदस्य जस्तै भए। शेरा मुम्बईमा सलमानको नजिक बस्छन्। सलमानको सल्लाहमा शेराले आफ्नो इभेन्ट कम्पनी विजक्राफ्ट पनि खोलेका थिए। साथै एक अन्य कम्पनी ‘टाइगर सेक्युरिटी’ पनि रहेको छ, जसले सेलिब्रेटीलाई सुरक्षा दिन्छ।

प्रकाशित मिति February 1, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।