मनोरन्जन विवाह पछि आमा बन्न सकेनन् बलिउडका यी ६ अभिनेत्री

विवाह पछि हरेक महिलाको आमा बन्ने ठुलो सपना हुन्छ। तर केही यस्ता महिला पनि हुन्छन जसले विवाह पछि सन्तानको सुख प्राप्त गर्न सक्दैनन्। अस्पतालको चक्कर काट्दा पनि अन्त्यमा असफलता नै हात लाग्छ। आज हामी बलिउड चलचित्र उद्योगका ६ अभिनेत्रीहरुका बारेमा चर्चा गर्न गईरहेका छौं जो विवाह पछि पनि आमा बन्न सकेनन्।

दिलीप कुमार-सायरा बानो


बलिउडको पहिलो सुपरहिट जोडी दिलीप कुमार र सायरा बानोलाई नै मानिन्छ। दुवैले थुप्रै फिल्महरुमा एकसाथ काम गरिसकेका छन्। फिल्ममा काम गर्दा ताका उनीहरुले एक-अर्कालाई प्रेम गर्न थाले र केही समय नै विवाह गरे। तर विवाह भएको ५० वर्ष बितिसक्दा पनि आज नि उनीहरु नि:सन्तान छन्।

रेखा-

बलिउडमा आज पनि जवान अभिनेत्रीलाई सुन्दरतामा मात दिन सफल अभिनेत्री रेखा ६३ वर्षमा लागिसकेकी छिन्। रेखाको तीन विवाह र लभ अफेयर्सको बारेमा अधिकांश नै जानकार होलान्। यसै बीच रेखाले ३ पटक विवाह गरिन तर कुनै नै कुनै कारण उनको विवाह असफल भयो। यस कारण रेखा पूरा जीवन नि:सन्तान भई काटिरहेकी छिन्।

मोहम्मद अजहरुद्दीन-संगीता बिजलानी

भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान मोहम्मद अजहरुद्दीन र अभिनेत्री संगीता बिजलानीले विवाहको धेरै वर्ष पछि पनि सन्तानको सुख प्राप्त गर्न सकेनन्। यो भन्दा पहिले अजहरुद्दीनले सन् १९८७ मा पहिलो विवाह गरेका थिए। उनकी पहिलो पत्नी नौरिनका २ छोरा छन्। सञ्चार माध्यमहरुका अनुसार सलमान खानको पहिलो गर्लफ्रेन्ड संगीतालाई नै मानिन्छ।

शबाना आजमी-जावेद अख्तर-

लेखनीमा दक्षता हासिल गरिसकेका गीतकार जावेद अख्तरकी दोस्रो पत्नी अभिनेत्री शबाना आजमी हुन् जो ३४ वर्षे वैवाहिक जीवन पछि पनि नि:सन्तान छन्। जोया र फरहान, जावेदकी पहिलो पत्नी हनी ईरानीका सन्तान हुन्।

जया प्रदा-श्रीकान्त नाहटा

बलिउड अभिनेत्री जयाप्रदा सन् १९८६ मा चलचित्र निर्माता श्रीकान्त नाहटासँग वैवाहिक बन्धनमा बाँधिएका थिए। यद्यपि त्यस बेला श्रीकान्त पहिले देखि नै विवाहित थिए र तीन बच्चाका पिता थिए। तर जयासँगको विवाह पछि उनको कुनै सन्तान भएन। त्यसकारण जयाले आफ्नो बहिनीको छोरालाई धर्मपुत्र बनाएका थिए।

अनुपम खेर-किरण खेर-

भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता, चलचित्र निर्माता तथा निर्देशक अनुपम खेर र उनकी पत्नी किरण खेरको विवाह सन् १९८५ मा भएको थियो। अहिले सम्म उनीहरुको कुनै सन्तान छैनन्। सिकन्दर खेरको कुरा गर्ने हो भने उनी किरणका पहिलो पति बिजनेसम्यान गौतम बेरीका छोरा हुन्।

प्रकाशित मिति January 31, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।