१ महिनामा ३ पटक आमा बनिन् महिला, तीनवटै बच्चा स्वस्थ

सामान्यतया बच्चा आमाको ग’र्भमा ९ महिना रहेपछि जन्मिन्छ । मार्च २०१९ मा भने एक महिलाले एक महिनाभित्र ३ जना बच्चालाई जन्म दिएकी थिइन् । यो घट’नाले डाक्टरहरुलाई नै आश्चर्यमा पारेको थियो । चि’कित्सा विज्ञानको लागि यो घ’टना कुनै रह’स्य भन्दा कम थिएन ।

यो घ’टना बंगलादेशको थियो जहाँ २० वर्षकी आरिफा सुल्तानले १ महिनाभित्र ३ बच्चालाई अलग अलग समयमा जन्म दिएकी थिइन् । आरिफाले एउटा बच्चा जन्माएको २६ दिनपछि फेरि जुम्ल्याहा बच्चा जन्माएकी थिइन् जसबाट डाक्टरहरु आश्चर्यचकित भएका थिए । महिलाका तीनवटै बच्चा स्वस्थ थिए ।

डाक्टरहरुलाई सबैभन्दा आश्चर्य यो कुरामा भएको थियो कि पहिलो बच्चा जन्मिएपछि पनि उनीहरुलाई आरिफाको ग’र्भमा अन्य २ बच्चा हुर्किरहेको किन थाहा भएन ?

आरिफा सुल्तानकी डाक्टर शीला पोद्दारका अनुसार उनको पहिलो डेलिभरी सामान्य भएको थियो । त्यसै क्रममा उनको पेटमा अन्य २ बच्चा भएको जानकारी भएन । आरिफाले पहिलो बच्चा जन्माएको २६ दिनपछि पेट दुखेका कारण फेरि डाक्टरकहाँ आइन् । त्यतिबेला अल्ट्रासोनोग्राफी गर्दा थाहा भयो कि उनको पेटमा २ गर्भा’शय थिए र दोस्रो गर्भाशयमा जुम्ल्याहा बच्चा हुर्किरहेका थिए ।

डाक्टरले जुम्ल्याहा बच्चाको भने अप’रेशन गरेर सिजेरियन डेलिभरी गराउने निर्णय गरे । आरिफाले पहिलो पटक छोरा जन्माउकी थिइन् । दोस्रो पटक जुम्ल्याहा सन्तान छोरा र छोरी थिए । डाक्टरका अनुसार सबै बच्चा स्वस्थ थिए ।

प्रकाशित मिति January 30, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।