राष्ट्रपतिका लागि हेलिप्याडमै पुर्याइयो सोफा !

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार शही’द स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न हेलिकोप्टर चढेर हेटौंडा पुगिन् ।

राष्ट्रपतिको स्वागत गर्न बागमतीका प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेलको टोली हेलिप्याडमै तैनाथ थियो । राष्ट्रपति सवार हेलिकोप्टर प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको हेलिप्याडमा अवतरण भएको थियो ।

राष्ट्रपतिका लागि हेलिप्याडमै सोफा पुर्‍याइयो । राष्ट्रपति सोफामा बसिन्, अरु वरिपरि उभिए र तस्वीर खिचाए ।

राष्ट्रपति पूर्वनिर्धारित कार्यक्रममा सहभागी भइन् । फर्किने क्रममा फेरि प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्री सबै बिदाइ गर्न हेलिप्याडमा आए ।

त्यसक्रममा सामूहिक तस्वीर खिचाउने कुरा भयो । राष्ट्रपतिका लागि हेलिप्याडमै सोफा पुर्‍याइयो । राष्ट्रपति सोफामा बसिन्, अरु वरिपरि उभिए र तस्वीर खिचाए ।

प्रकाशित मिति January 29, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।