चपलि हाईट ३ का दुई हिरोईनको ४ ग्लामर लुक्स (फोटो फिचर)

पाेखरा १५ माघ- नेपाली चर्चित फिल्म चपलि हाईट ३ को अन्तिम गीतको छायाँकन सकाईएको छ । राजधानीको एक क्लबमा सेट बनाएर छायाँकन गरिएको गीतमा नायिकाद्धय स्वस्तिमा खड्का र सुपुष्पा भट्ट प्रस्तुत भएका छन् ।

उनीहरू अहिले सामाजिक संजालमा ग्लामर लुक्समा देखिएका नायिकाद्धयको केही तस्विर फिल्मका निर्माण टिमले सार्वजनिक गरेका छन् । अर्जुन कुमारले निर्माण गरेको यस फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्म चैत्र २८ गते रिलिज हुने तयारी रहेको छ ।

हेर्नुहाेस् उनीहरूका केही तस्विरहरूः

याे पनि पढ्नुहाेस्ः
गायक नितेशजंग अव फिल्मको पर्दामा

नितेशजंग कुँवर यूवा पुस्तामा चर्चित गायकको रुपमा परिचित छन् । उनका सबै जसो गीत पय हिट छन् । उनी सहभागी हुने सबै कार्यक्रमहरुमा यूवाहरुको बाक्लै उपस्थिती हुने गर्छ । उनै चर्चित गायक नितेशजंग कुँवर अब फिल्मको पर्दामा देखिने भएका छन्।

उनी निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्न लागिएको नयाँ फिल्मबाट अभिनेताको रुपमा फिल्मको पर्दामा देखिन लागेका हुन् । नितेश मात्र हैन, उक्त फिल्ममा नायिका अदिती बुढाथोकी पनि रहने बताईएको छ । तर, फिल्मका टिमले दुबैजनासँग अनौपचारिक सहमति मात्रै गरेको जानकारी फिल्म वृत्तमा छ ।

निर्देशक सुरेन्द्र पौडेलले बीचमा निर्माता सुवास गिरीको फिल्म गर्ने चर्चा चलेको थियो । अनमोल केसीले समय व्यवस्थापन नगरेपछि सुवास गिरीको फिल्मको कुनै टुङ्गो लाग्न सकेको छैन । यहि बीचमा सुरेन्द्र पौडेलले नयाँ फिल्मको लागि तयारी थालेका हुन् । उक्त फिल्मको लागि उनले गायका नितेशजंग र नायिका अदितीसँग मौखिक कुरा गरेको बताएका हुन् ।

प्रकाशित मिति January 29, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।