जसले चिन्ता गर्छ, उसलाई बाधा पर्छ

जो व्यक्ति अ’त्यधिक चिन्ता गर्छन् उनीहरुले सबै काममा बाधा व्यवहोर्नुपर्छ । अत्यधिक चि’न्ता गर्दा अनुहारको चमक र ऊर्जा समाप्त हुन्छ । यस्तो स्थितीमा काम गर्दा पनि सफलता हासिल गर्न सकिन्नँ ।

– अपरि’चित भयबाट बच्नुहोस्ः जुन व्यक्तिमा असुरक्षाको भावना हुन्छ, उनीहरु कुनै पनि काम पूर्ण शक्ति प्रयोग गरेर गर्न सक्दैनन् । यस्तो स्थितीमा सफलता अझै टाढा हुने गर्छ । यस्तो डरले निद्रा कम लाग्न थाल्छ भने स्वास्थ्य कम’जोर हुन थाल्छ । यसबाट बच्नुपर्छ ।

– गल’त कुरा नसोच्नुहोस्ः जो व्यक्ति सधैं गलत कुरामा अर्थात् अपवित्र विचारमा उल्झिएका हुन्छन्, उनीहरुको जीवनमा सधैं अशान्तिले डेरा जमाएको हुन्छ । यी मानिसहरु ग’लत विचारका कारण कसैलाई पनि सम्मान दिँदैनन् । नकारा’त्मक विचारका कारण सधैं दुःखी रहन्छन् ।

– ई’र्ष्याबाट बच्नुहोस्: धेरै मानिसहरु आफ्ना साथीको इ’र्ष्या गर्छन् र उनीहरु सफल, सुखी भएको देखेर दुःखी हुन्छन् । यदि हाम्रो पनि यस्तो बानी छ भने यसले हाम्रो जीवनबाट सुख खोस्ने गर्छ । इ’र्ष्या गर्दा चिन्ता बढ्छ । चि’न्ता गर्दा दुःख बढ्छ ।

– क्रो’ध नगर्नुहोस्ः क्रोधलाई हाम्रो सबैभन्दा ठूलो श’त्रु मानिएको छ । क्रोधमा भनिएको कुराले सम्बन्ध खराब हुन्छ भने स्वास्थ्यमा पनि नकारात्मक असर पर्छ । यस्तो बानीका कारण बनिसकेको काम पनि बिग्रने गर्छ ।

– अ’ल्छी नगर्नुहोस्ः यदि जीवनमा सुख र सफलता चाहनुहुन्छ भने अल्छी हुनबाट बच्नुहोस् । कुनै पनि काममा अल्छी नगर्नुहोस् । शरीरलाई लामो समयसम्म स्वस्थ राख्नका लागि हरेक दिन बिहान चाँडै उठ्नुहोस् र केही शारी’रिक मेहनत वा योग गर्नुहोस् ।

प्रकाशित मिति January 29, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।