६० वर्षीया वृद्धाको ह’त्या

लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा ब’न्च’रो प्र’हार गरी डुम्रे-बेंसीसहर सडकखण्डको पाउँदीबजारमा बस्ने पोख्रेल एकल महिलाको ह’त्या भएको छ । स्थानीय ६० वर्षीया सीता भुजेल पोख्रेलको ह’त्या भएको प्रहरीले जनाएको छ ।

घाँ’टीमा ब’न्चरो रहेको अवस्थामा श’व भेटिएको थियो । बन्चरो मृ’तकको घाँ’टीम ग’डेको र बिँ’ड फु’क्लि’एको अवस्थामा खाटमुनि फेला परेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घट’नास्थलमा रगत छरपस्ट भएको र श’व वरपर मकै छरिएको भेटिएको स्थानीयले बताएका छन् ।

१८ वर्षदेखि पतिसँग छुट्टिएर बस्दै आएकी सीताका सन्तान छैनन् । मस्र्याङ्दी गाउँपालिका-९, सिम्पानी माइती भएकी उनी बाख्रा व्यवसाय गर्थिन् । भाडामा बसेर बाख्रा व्यवसाय गरी ८ वर्षअघि उनले आफ्नै घर बनाएकी थिइन् । उनकोमा अहिले पनि १२ वटा बाख्रा रहेका छन् ।

लु’टपा’टपछि ह’त्या आ’शंका- उनले कानमा लगाएको गहाना र केही नगदसमेत ह’राएकाले लु’टपा’टपछि ह’त्या भएको हुनसक्ने स्थानीय बताउँछन् । इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीकाअनुसार सीताले लगाएको अढाई तोला सुनका ठुला ठुला रिङ कानबाट चुँ’डालेको देखिएको छ । उनले केहीदिन अघि खसी बेचेको २२ हजार रुपियाँ पनि साथमा नभेटिएको प्रहरीले जनाएको छ ।

अनुसन्धान हुँदै– गण्डकी प्रदेश प्रहरी कार्यालयबाट २ वटा कुकुर झिकाएर घ’टनाको अनुसन्धान गरिएको थियो । हालसम्म शं’कास्पद व्यक्तिलाई सोधपुछबाहेक प्रहरीले कसैलाई प’क्राउ गरेको छैन् । अनुसन्धानपछि कुकुर फिर्ता पठाइएको प्रहरी प्रमुख डिएसपी रवीन्द्रमान गुरुङले बताए ।

घट’ना आइतबार रातिको भए पनि वृद्धा एक्लै बसेको र वरपर कोही नहुँदा ढिला गरी प्रहरीले जानकारी पाएको थियो । ‘घ’टना कर्तव्य ज्या’न प्रकृतिको छ । हामीले अनुसन्धान गरिरहेका छौं,’ गुरुङले भने । मृ’तकको श’व पोस्टमार्टमको लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ। अन्नपूर्ण पाेस्टबाट साभार

प्रकाशित मिति January 28, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।