६ वर्षको प्रेमपछि यी युवती हवाइजहाजसँग बिहे गर्दै…

जर्मनीको राजधानी बर्लिनकी ३० वषृकी युवतीले यही मार्चमा बोइङ ७३७–८०० विमानसँग बिहे गर्दैछिन् । उनले पहिलोपटक बोइङ विमानलाई टेगल एयरपोर्टमा मार्च २०१४ मा देखेकि थिइन् । त्यतिबेलादेखि नै उनले विमानसँग प्रेम गर्न थालेकी थिइन् र बिहेको योजना बनाएकी थिइन् ।

युवतीको नाम मिशेल कोब्के हो । यी युवतीलाई विमानका पखेटा, विंगलेट्स र थ्रस्टर्स मन पर्छन् । कोबकेका अनुसार यो उनको लंग डिस्टेन्स लभ हो । उनी विमानलाई प्रेमपूर्वक सात्स भन्छिन् ।

जर्मनी भाषामा यो शब्दको अर्थ प्रिय हुन्छ । पेशाले सेल्सगर्ल मिशेल विमानलाई हेन एयरपोर्ट गइरहन्छिन् । गएको सेप्टेम्बरमा उनले विमानको पखेटालाई किस गर्दै केही फोटो पनि खिचाएकी थिइन् ।

मिशेललाई होबी एयरक्राफ्टका पार्टपुजा जम्मा गर्नु छ । उनी एक दिन बोइङ विमानकी मेकानिक बन्न चाहन्छिन् । विमानसँग टाढा भएको महसुस कम होस् भन्ने हेतुले उनले विमानको खेलौना मोडल पनि किनेकी छिन् । उनी यो खेलौना सधैं साथमा राख्छिन् । यही खेलौनासँग सुन्छिन् ।

मिशेलका अनुसार उनी र विमानबीचको सम्बन्धमा परिवारले पनि आपत्ति जनाएका छैनन् । केही साथीहरु भने उनको विमानसँगको प्रेमलाई एक प्रकारको स्वास्थ्य समस्या भन्छन् । यो समस्यालाई अब्जेक्टोफेलिया भनिन्छ जसमा निर्जीव वस्तुसँग प्रेम हुन्छ ।

प्रकाशित मिति January 28, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।