१५ तस्बिरमा हेर्नुहोस् ‘मुन्नी’-प्रियाना आचार्य (फोटो फिचर)

हाँस्य टेली श्रृङ्खला ‘भद्रगोल’ बाट एकाएक चर्चा कमाएकी मोडल हुन्- प्रियाना आचार्य ‘मुन्नी’ । ‘भद्रगोल’ हेर्न्र जो-कोहिको लागि सु-परिचित नाम हो- ‘मुन्नी’ । उनी पछिल्लो समय प्रियाना भन्दा पनि ‘मुन्नी’ को उप-नामले भाइरल भएकी छिन् ।

मुन्नी एक थिएटर कलाकार हुन् । उनका थुप्रै नाटक अभिनय गरेकी छिन् । उनले अहिले हाँस्य टेली श्रृङ्खला ‘भद्रगोल’ कै टिमसँग ‘सक्किगोनि’ मा काम रहेकी छिन् ।

आखिर को हुन त ‘मुन्नी’ ?

हाँस्य टेली श्रृङ्खला भद्रगोल’ मा एक मधेस कमिनिटीकी छोरीको भूमिका निर्भा गरेकी छिन् । ‘मुन्नी’ भनेको मधेसमा आफ्नो छोरीलाई मायाले भने गर्दछन । ‘मुन्नी’नामबाट उनले करोडौँ दर्शकको मन जित्न सफल भएकी छिन् । पछिल्लो समय उनको फ्यान फ्लोर निकै चुलिएको छ ।

उनी हाँस्य टेली श्रृङ्खला बाहेक म्युजिक भिडियोमा पनि अभिनय गर्दछन् । उनले अभिनय गरेका भिडियो ‘सरिम लाउने’ ‘कालो कोठी’ लगायत गीतमा अभिनय गरेकी छिन् ।

‘मुन्नी’ भने बित्तिकै ‘लजालु’ मधेस कमिनिटीको र अङ्ग्रेजी भाषा बोल्ने मोडले सम्झिन छन् । उनी पछिल्लो समय सामाजिक सञ्जालमा पनि भाइरल भएकी हुन्छिन् सँगै उनको सुन्दरता र एक्टिंगको पनि चर्चा हुन्ने गरेको छ ।

हेर्नुहाेस् उनले शेयर गरेका केहि तस्विरहरूः

याे पनि पढ्नुहाेस्ः
कहाँबाट भयो किताबको सुरुवात ?

धेरै वर्षअघि मानिससँग लेख्ने साधनहरु केही थिएनन् । करिब चार हजार वर्ष पहिले प्राचीन इजिप्टका मानिसहरुले लेख्न सकिने साधानको आविष्कार गरे । उनीहरुले प्बपिरूस नामक विरुवाको काठलाई काटेर समथर बनाउथे । अनि त्यसलाई सुकाएर त्यसमा लेख्ने काम गर्थे ।

कागजको आविष्कार भने सन् १०५ मा चीनका साई लुन नाम गरेका व्यक्तिले गरेका थिए । मसीको आविष्कार पनि चीनमा नै भएको विश्वास गरिन्छ ।

कागजको आविष्कार त्यति अगाडि भएपनि किताब भने आठौं शताब्दीतिर मात्र छापियो । चीन र कोरियामा आठौं शताब्दीतिर पहिलो पटक किताब छापिएको थियो । त्यति बेला किताब बताउन कागजमा नभएर भेडा र बाख्राको छाला प्रयोग गरिन्थ्यो ।

कागज र मसीको आविष्कार भएको चीनमा नै पहिलो पटक सन् १०५० मा काठको छापाखाना बनेको थियो । फलामको छापाखाना को आविष्कार चाहिँ कोरियामा भएको थियो । करीब सन् १४५० को दशकमा मात्र प्रथम पटक जर्मनीमा किताब छापिएको थियो ।

धेरै पढ्ने बानी पार्न चाहनुहुन्छ ?

अहिलेको समयमा मानिस धेरै भन्दा धेरै पढ्न चाहन्छ वा उनीहरुमा पढ्ने गर्नुपर्छ भन्ने सोच हुन्छ । सबैलाई टीभी हेरेर वा मोबाइल चलाउँदै गर्दा खेर गएको समय पढेर सदुपयोग गर्न सकेको भए हुन्थ्यो भन्ने लाग्छ ।

वास्तवमा अहिलेको वातावरणमा पढ्न सहज छैन । सामाजिक सञ्जाल लगायतका विभिन्न विकर्षणहरुले हाम्रो अधिकतम खालि समय लिइरहेको हुँदा किताबतर्फ हाम्रो कम ध्यान जान्छ । जस्तै केबल दुई पाना पढ्दा हामीले कैयौँपटक मोबाइल हेरिसकेका हुन्छौँ । यस्तोमा जोकोहीले पनि लगातार पढ्दा २८० शब्द भन्दा धेरै पुर्याउन नसक्ने स्वीकार्ने गरेका छन् ।

धेरै किताबहरु हामीले भोलि पढ्ने भन्दाभन्दै वर्षौँसम्म त्यसलाई समय दिन सकिरहेका हुँदैनौँ । त्यसैले एट्लान्टिककी वरिष्ठ सम्पादक तथा नियमित पाठक जुलिएट लेपिडोसले यो समस्याका लागि नयाँ उपाय सुझाएकी छन् । उनका अनुसार २१ औँ शताब्दीका मानिसहरुले धेरै पढ्न वा पढ्ने बानी विकास गर्न एकदमै लामो किताबको छनौट गर्नुपर्ने हुन्छ ।

कसैले पढ्ने बानी गुमाइसकेको छ भने यसको अर्थ सो व्यक्ति काममा, परिवारमा, टिभी, इन्टरनेट लगायतका कुरामा व्यस्त छ । यस्तोमा व्यस्तताका बीच हामीलाई छोटो किताब पढ्नु उपयुक्त लागेपनि वास्तवमा यसले सोचे जसरी काम नगर्ने उनको भनाइ छ । किनकी छोटा किताबहरु चाँडै सकाएपछि हामीले फेरि आफ्नो आँखा मोबाइल र रिमोर्टतर्फ पुर्याउन थाल्छौँ ।

उनका अनुसार नयाँ किताब सुरु गर्न हामीलाई सहज हुँदैन । त्यसैकारण हामीले त्यति पढेर फेरि आफूलाई मोबाइलमै व्यस्त गराउन थाल्छौँ । तर त्यसको ठाउँमा एकदम लामो किताब लिएको भए हामीले नयाँ किताब सुरु गर्नुपर्ने थिएन र पक्कै हाम्रो धेरै समय पढ्नमा बित्ने थियो भने त्यसबीच सामाजिक संजाल र फोनले हाम्रो अतिरिक्त समय लिने थिएन ।

यसमा अर्को कुरा पनि आउँछ – यदि हामी १०० पानाको किताबमा त केन्द्रित रहन सक्दैनौँ भने १ हजार पेजको किताब पढ्नुको कुनै अर्थ हुँदैन । दुवै किताब पढ्दा हामीलाई बारम्बार मोबाइल हेर्न मन लागिरहेकै हुन्छ । यसमा जुलिएटको तर्क यस्तो छ – जस्तै हामीलाई नयाँ किताबको पहिलो १०० पाना सुरु गर्न भन्दा पढिरहेको किताबको थप १०० पेज पढ्न सजिलो लाग्छ र ध्यान केन्द्रित गर्न पनि सहज हुन्छ ।

किनकि हामी किताबका पात्र, शैली र भाषासँग परिचित भइसकेका हुन्छौँ जबकि नयाँ सुरु गर्दा सबै फेरि बुझ्नुपर्ने हुन्छ । वास्तवमा मानिसलाई आफूसँग परिचित सामग्री जारी राख्न धेरै सहज लाग्छ । त्यसैले दुई वा तीनवटा छोटा किताबहरु पढ्दाको तुलनामा हामीले एउटा लामो किताब पढ्न १० घण्टाको समय निकाल्ने सम्भावना अधिक छ । किनभने छोटा किताबहरु सक्किए लगत्तै हामीमा अर्को नयाँ सुरु गरिहाल्ने प्रवृत्ति छैन । यसरी सो उपाय अपनाउना साथै हामीले आफूमा फरक पाउन सक्ने जुलिएटको भनाइ छ ।

त्यस्तै लामो किताब पढ्दै जाँदा मध्यम र अन्त्यतिर विषयप्रति हाम्रो रुची बढ्न पुग्छ जसकारण उत्सुकताका कारण पनि हामीमा किताब पढिरहने बानी विकास हुन्छ । यसमा हामीले नयाँ किताबको तुलनामा सबै पात्रहरुलाई राम्ररी बुझेको हुनाले पनि किताबमा ध्यान लगाइरहन त्यति कठिन हुँदैन । त्यसैले हामीलाई नयाँ किताब खोल्नबाट रोक्ने पक्षबाट टाढा रहन यस्तो तरिका अपनाउन सकिन्छ ।

प्रकाशित मिति January 27, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।