हराएको मोटरसाइकलसहित ट्राफिक नै रं’गेहात भेटिएपछि…

विराटनगर महानगरपालिका-९ का सुनिल अटलको को२३प ६९२१ नम्बरको मोटरसाइकल गत भदौं २२ मा ह’राएको थियो । चो’री भएको मोटरसाइकल ट्राफिकले चलाएपछि सवारी धनीले रं’गे हात फेला पारेका छन् । नम्बर बदलेरले बा३५प ५८९३ बनाइएको सोही मोटरसाइकल प्रहरीले बेवारिसे अवस्थामा फेला पारी ट्राफिकलाई बुझायो ।

मोटरसाइकल नम्बर को२३प ६९२१ थियो तर खतिवडा चढेको मोटसाइकल नम्बर बा३५प ५८९३ थियो

कसैले दाबी नगरेपछि मोटरसाइकल ट्राफिक प्रहरीले नै चलाउँदै आएको थियो । त्यसै क्रममा ट्राफिक प्रहरी हवल्दार मोहन खतिवडा सोही मोटरसाइकलसहित ट्राफिक चोकस्थित सुनिलको मेडिकलमा आइपुगे । सुनिलले हवल्दार खतिवडा चढेको मोटरसाइकल आफ्नो भएको दा’बी गरे ।

उनको मोटरसाइकल नम्बर को२३प ६९२१ थियो तर खतिवडा चढेको मोटसाइकल नम्बर बा३५प ५८९३ थियो । नम्बर नमिले पनि मोटरसाइकल अगाडि लेखिएको ‘जय सियाराम’ शब्दका आधारमा मोटरसाइकल आफ्नै भएको दाबी सुनिलले गरे ।

मोटरसाइकल ह’राएपछि सुनिलले यसअघि नै प्रहरीमा उ’जुरीसमेत गरेका थिए । मोटरसाइकलको चेसिस नम्बरका जाँच गर्दा उनकै रहेको पुष्टि भएपछि जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताए ।

उनका अनुसार बा३५प ५८९३ नम्बरको मोटरसाइकल करिब चार महिनाअघि सिआरभी प्रहरीले बेवारिसे अवस्थामा फेला पारेर ट्राफिक प्रहरीलाई जिम्मा लगाएको थियो ।

सो नम्बरको मोटरसाइकल हरा’एको उ’जुरी परेको थिएन् । दा’बी गर्ने मानिस नआएपछि पछिल्लो समय काम पर्दा ट्राफिक प्रहरीले सो मोटरसाइकल प्रयोग गर्दै आएका थिए । शनिबार मोटरसाइकल धनीले दा’बी गरेपछि मोटरसाइकल जिम्मा लगाइएको थापाले बताएका थिए ।

प्रकाशित मिति January 26, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।