‘क्रा’न्तिकारी योद्धा रामप्रसाद राईलाई सिंहदरबारमै ह’त्या गरियो’

क्रा’न्तिकारी यो’द्धा रामप्रसाद राईलाई ००७ साल सिंहदरबामै ह’त्या गरिएको लेखक तथा इतिहासविद गणेश अधिकारीले बताएका छन् । जननायकका रुपमा चिनिने रामप्रसाद राईबारे बोल्दै अधिकारीले उनको मृ’त्युबारे अन्यौलता रहेपनि रामप्रसादसँगै जेल बसेका सहयात्रीहरुले सिंहदरबारमै ह’त्या गरिएको बताएको खुलासा गरेका हुन् ।

काठमाडौंमा रामप्रसाद राईको सम्झना गर्दै गोपाल किरती नेतृत्वको नेकपा माओवादी (केन्द्र) निकट किराती राष्ट्रिय मुक्ति मोर्चाले बुधबार आयोजना गरेको ६९ औं सिंहदरबार वि’द्रोह दिवस कार्यक्रममा प्रमुख वक्ता अधिकारीले यस्तो बताएका हुन् ।

‘०२२ सालमा मेरो साथी शरण राईसँग उनको घर (मोरङको बोरामन) पुग्दा उनका बुवा मछिन्द्र बहादुर राईले सिंहदरबारभित्रै रामप्रसादलाई मा’रिइसकेपछि आ’त्मस’मर्पण गरेर हति’यार बिसाएको कुरा गर्नुभएको थियो । हति’यार बिसाइसकेपछि पनि उहाँहरुलाई समा’तेर को’र्रा हा’नियो’, मछिन्द्रबहादुरलाई उदृत गर्दै अधिकारीले भने– ‘को’र्रा हानि’सकेपछि जबसम्म त्रिभूवन बाँ’चिरहन्छन्, त्यतिन्जेलसम्म तिमीहरु जेलमै को’चिनुपर्छ भनेर उहाँहरुलाई सन्देश दिइयो रे ।

बरु लेखेर आइन्दा यस्तो नगर्ने भनी लेखेर आ’त्मसमर्पण गरौं भनेर उहाँहरुले त्यसो गर्नुभएछ । पछि आधिकारीक रुपमा चाहिँ यसबारेर उहाँले केही भन्नुभएन ।’ त्यसैगरि उनले ००७ सालको क्रा’न्तिपछि बैरागीएका एकजना मुक्तिसेनालाई सानै हुँदा आफैँले देखेको र उनले पनि रामप्रसाद राईलाई सिंहदरबारभित्रै मा’रिएको बताएको जानकारी गराए ।

अधिकारीले कार्यक्रममा रामप्रसादबारे अर्को कथ्य पनि सुनेको बताए । ‘सानोमा मैले सिंहदरबारमा रामप्रसादलाई मा’रिएको सुनेको थिएँ । तर विस्तारै नारदमुनि थु’लुङ र वि’द्रोह सफल नभइसकेपछि उनी त्यहाँबाट बाहिर गएको पनि सुनें’, उनले भने– ‘जेहोस्, रामप्रसाद सानैदेखि विलक्षण प्रतिभाका धनी थिए ।

सिंहदरबार वि’द्रोह रामप्रसादको नेतृव्वमा भए पनि केआइसिंहको नाम अगाडि आयो ।’ उनले ००७ सालको क्रान्तिमा राजनीतिक नेतृत्व नारदमुनी थुलुङले र सैन्य कमाण्ड रामप्रसाद राईले गरेको र कांग्रेसबाहेक नै क्रान्ति सफल पार्नेमा उनीहरु विश्वस्त रहेको पनि बताए ।

त्यसैगरी कार्यक्रममा नेकपा माओवादी केद्रका अध्यक्ष गोपाल किरातीले भने– ‘क्रा’न्तिकारीहरुका लागि रामप्रसादको जन्म र मृ’त्युभन्दा पनि सिंहदरबार विद्रो’ह मूख्य कुरा हो । त्यसैले उनीहरुले वि’द्रोह गरेको दिनलाई हामी सम्झना गरिरहेका छौं ।’

यद्यपि रामप्रसाद राईको मृ’त्युबारे यकिन भने तथ्य भने रहस्यकै ग’र्भमा छ । यसअघि रामप्रसादकी छोरी लक्ष्मी राईले बुवाको मृ’त्यु भएको सामान्य खबरको आधारमा आफूहरुले बागमति किनारमा बसेर बुवाको क्रि’या गरेको बताएकी थिइन् । रामप्रसादको मृ’त्यु सिंहदरबारमा भयो वा कतिपय लिखित दस्ता’वेजहरुमा भनिएजस्तो झुँं’गा ओढारमा भयो ? भन्ने कुरा यकिन हुन सकेको छैन । रामप्रसाद राईका जीवनी लेखक भोगीराज चाम्लिङले भने ‘रामप्रसाद राईः माझकिरातदेखि सिंहदरबार वि’द्रोहसम्म’ पुस्तकमा उनको मृ’त्यु झुँं’गामै भएको निश्क’र्ष दिएका छन् ।

‘छहरा साप्ताहिक पत्रिकामा तिब्बत जाने क्रममा रामप्रसादसँगै गएका भोजपुरका पदमबहादुर राईले दिनुभएको अन्तरवार्ताको आधारमा यो निश्कर्षमा म पुगेको हुँ’, भोगीराज चाम्लिङले भने– ‘उहाँले त्यो अन्तरवार्तामा रामप्रसादबारे विस्तृतमा बोल्नुभएको छ । नेपालको सीमाना क्रस गरेपछि हिउँ भएको ठाउँमा पुगेको ।

केआइसिंहलाई चिसो लागेपछि रामप्रसादले आफ्नो ओभरकोट केआइसिंहलाई दिएको र चिसोले आफू विरा’मी हुन थालेपछि झुँगाको एक ओढारमा छो’डेको साथै केही दिनपछि लिन फर्कदाँ पुरिएको अवस्थामा भेटिएको भनेर बताउनुभएको छ ।’

प्रकाशित मिति January 26, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।