युएई पुगेको एक महिनामै रमेशले गु’माए ज्या’न

एक नेपाली युवाले युएईमा सडक दुर्घ’टनामा परेर ज्या’न गु’माएका छन् । शनिबार बेलुका हत्ता मुजेरा मदिना सुपरमार्केट अगाडि बाटो का’ट्ने क्रममा लरीले ठ’क्कर दिँदा दार्चुलाका २८ वर्षीय रमेश कामीको मृ’त्यु भएको हो।

उनलाई शनिबार बेलुका करिब साढे ६ बजेको समयमा ओमनबाट दुबई तर्फ आइरहेको भारी लरीले बाटो काट्ने क्रममा ठ’क्कर दिएको थियो । रमेशको घट’नास्थलमै ज्या’न ग’एको उनको चिनजानमा रहेका साथी प्रमोद तामाङले डिसी नेपाललाई जानकारी दिए ।

रमेश नेपालबाट एक महिना अघिमात्रै युएई आएका थिए। उनी दुबईमा रहेको क्लेन्को कम्पनीमा सरसफाइ मजदुरको रुपमा काम गर्दै आएका थिए । उनको शवलाई अहिले पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ।

घट’नाको बारेमा प्रमोदले नै आबुधाबीस्थित नेपाली राजदूतावासलाई जानकारी गराएका छन् । मृ’तक रमेश विवाहित हुन् । उनको एक छोरासमेत छन् । याे घटना बारे प्रहरीले अनुसान्धन गर्दै छ ।

प्रकाशित मिति January 26, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।