केकी अभिनित भोजपुरी गीत ‘हमनिके भागिया’ सार्वजनिक (भिडियोसहित)

नेपाली चर्चित लाेक प्रिय नायिका केकी अधिकारी अहिले निकै चर्चामा अाएकी छिन् । भर्खर उनले भाेजपुरी गीतमा अभिनय गरेकी छिन् । भोजपुरी भाषाकी लोकप्रिय गायिका इन्दु सोनालीको स्वर रहेको गीत ‘हमनिके भागिया’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

उनले दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका सोनाली नेपाल भारत दुवैतर्फ परिचित गायिका हुन्। याे भिडियाे निकै भाइरल हुने सम्भवना रहेकाे छ । नेपाली चर्चित नायिका पहिलाे पटक भाेजपुरी गीतमा अभिनय गरेकी छिन् ।

गीतमा उपेन्द्र सहानीको शब्द, शिखर सन्तोषको संगीत रहेको छ। गीतको म्युजिक भिडियोलाई आलोक शुक्लाले छायांकन र सम्पादन भरत रेग्मीले गरेका हुन् भने पूर्णेन्द्रु झाले निर्देशन गरेका छन्। भिडियोमा नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय नायिका केकी अधिकारि र विजय यादव निर्विजको अभिनय रहेको छ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति January 25, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।