२३ वर्षीय युवकले गरे ९१ वर्षीया महिलासँग बिहे, हनिमुनमा गयो बृद्धाको ज्यान

कहिलेकाँही संसारमा निकै रोचक घटना घट्ने गर्छन। यसै सिलसिलामा २३ वर्षीय युवकले ९१ वर्षीया वृद्धासँग विवाह गरेको घटनाले निकै चर्चा पाएको छ ।

विवाहपछि यस्तो घटना घट्न पुग्यो कि युवक जेल जाने अवस्थामा समेत पुगेका थिए । २३ वर्षीय उक्त युवक आफ्नो पढाइ पूरा गर्ने चक्करमा थिए तर उनीमाथि आर्थिक समस्या बढ्दो क्रममा रहेको थियो । यस्तोमा उनको पढाइको लागि आवश्यक खर्च जुटाइदिने शर्तमा वृद्ध महिलाले आफूसँग विवाहको प्रस्ताव राखेकी थिइन् ।

युवकल उक्त प्रस्ताव स्वीकार गरेका थिए । यस्तोमा महिलाले आफूलाई मिल्ने पेन्सन पनि आफ्नो शेषपछि भर्खरै पति बनेका युवकलाई दिने बताएकी थिइन् । यद्यपि उनीहरु हनिमुनको लागि गएको अवस्थामा बिछ्यौनामा नै महिलाको ज्यान गएको थियो । महिलाको निधन भएपछि युवक पेन्सनको दाबी गर्न पुगेका थिए तर अधिकारीहरुले युवकलाई महिलाको पेन्सन पाउनका लागि विवाह गरेको आरोप लगाएपछि युवक वेल जानसक्ने अवस्था पनि आएको थियो तर उनी जेल जानबाट भने बचेको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति May 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।