प्रधानमन्त्री ओलीले नाक देखाउँदै ऋषि धमलालाई यसो भनेपछि हाँसोको फोहोरा छुट्यो

प्रधानमन्त्री केपी शर्मा ओली र पत्रकार ऋषि धमलाको कुराकानीले हाँसोको फोहोरा नै छुटाएको छ । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन सकेर हिँड्नै लागेका बेला पत्रकार ऋषि धमला प्रधानमन्त्रीको छेवैमा पुगे । पत्रकार धमलालाई देख्नासाथ प्रधानमन्त्री ओलीले धमलाकै स्वरको क्यारिकेचर गर्न खोजेझैं लेघ्रो तानेर भने, ‘तपाईको विधेयकले संस्कृतिको मुटुमा छुरी हानेको छ !’
पत्रकार धमलाले प्रधानमन्त्रीलाई स्पष्टीकरण दिने प्रयास गर्दै भने, ‘मैले त त्यस्तो बोल्या छैन… ।’
फेरि प्रधानमन्त्रीले आफ्नै नाक औंलाले छुँदै भने, ‘किन बोल्या छैन ? टीभी हेर्ने म हो !’
यति भनिसकेर प्रधानमन्त्री सम्मलेन कक्षबाट बाहिरिए । यता सम्मेलन कक्षमा हाँसोको फोहोरा फुट्यो । ऋषि धमलाले पनि हाँस्दै मन्त्रीहरुसँग हात मिलाउन तर्फ लागे

त्यसो त प्रधानमन्त्री ओलीले ऋषि धमलासँग असन्तुष्टि प्रकट गर्नु अगाडि पत्रकार सम्मलेनमा समेत नेपालका टेलिभिजनहरुले आफूलाई तपाई भन्नुपर्नेमा तिमी भन्ने गरेको भन्दै असन्तुष्टि जनाइसकेका थिए । प्रधानमन्त्री ओलीको गुनासो थियो, ‘हाम्रो टेलिभिजनले तपाईं भन्न कसैलाई पनि जान्दैनन् । तपाईं भन्ने नेपाली भाषाको शब्दै हराइसकेको गुनासो गरेका थिए ।

प्रकाशित मिति June 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।