सोसल मिडियामा शाहरुख खानकी छोरीको हर्कत

मुम्बइ २१ जनवरी- चर्चित सुपर स्टार बलिउडकर्मी शाहरुख खानकी छोरी सुहाना अहिले सामाजिक संजालमा अनेक कारणले चर्चामा आउन थालेकी छन् । उनी बलिउडमा प्रवेश गर्ने हल्लासँगै उनी इन्स्टाग्राम र फेसबुकमा फोटो र भिडिओ राख्दै चर्चामा छिन् ।

हालै सुहानाको एउटा फोटो इन्स्टाग्रममा भाइरल भएको छ । जहाँ सुहाना अनुहारको अनेक मुद्रामा देखिएकी छन् र सेतो रंगको टप पहिरिएकी छन् । सुहाना हाल अध्ययनका लागि न्युयोर्क फर्किसकेकी छन् । न्युयोर्क युनिभर्सिटीमा अध्ययन गरिरहेकी छन् ।

उनको पछिल्लो फोटो उनको फ्यान क्लबले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको हो । साथै थुप्रैले प्रतिक्रिया दिँदै मन पराएका छन् । पछिल्लो समय सुहानाका तस्बिर र भिडिओले सामाजिक सञ्जालमा खुब चर्चा पाउँदै छन् । शाहरुखका अनुसार सुहाना अध्ययन सकेपछि अभिनयको दुनियाँमा प्रवेश गर्नेछिन् ।

याे पनि पढ्नुहाेेस्ः
‘दी कर्मा’लाई सेन्सरको निर्देशन

माघ १७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको एक्सन लभस्टोरी जनरामा निर्मित चलचित्र ‘दी कर्मा’ ले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट पीजी सर्टिफिकेट पाएको छ । आइतबार सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी पीजी सर्टिफिकेट दिएका हुन् ।

सेन्सर बोर्डले चलचित्रको एक एक्सन सिनमा रगत बगेको दृश्यलाई ‘ब्लर’ गर्न पनि निर्देशन दिएको छ । ‘दी कर्मा’ का निर्माता जय राज रायले सेन्सर बोर्डका पदाधिकारीले फिल्म मन पराएको बताए । चलचित्र नेपाल र भारतको सीमा क्षेत्रमा हुने घ’टनामा आधा’रित भएर निर्माण भएको बताइएको छ । देवकुमार श्रेष्ठ निर्देशित चलचित्रको ट्रेलर र गीत सार्वजनिक भइसकेको छ ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको बनेको चलचित्रको कथा निर्माता जय राज आफैंले लेखेका हुन् । रायसँगै श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सहनिर्माताको रूपमा छन् । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । ‘दी कर्मा’ को पटकथा तथा संवाद सुशील पोखरेलको हो ।

चलचित्रमा करण बर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको अभिनय छ । करण भारतीय कलाकार भएका कारण पनि यो चलचित्रलाई धेरैले चासोपूर्वक हेरेका छन् । नेपाल रिलिजसँगै अन्य मुलुकमा पनि यो चलचित्र हुने निर्माण टिमले बताएको छ ।

प्रकाशित मिति January 21, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।