केही दिन अगाडि अष्ट्रेलियामा चलचित्र ‘जात्रै जात्रा’को विशेष शोमा पुग्दा नायिका वर्षा राउतले लगाएको पहिरनको खुबै चर्चा भयो । क्लिभेज देखिएको पहिरनमा नायिका राउत चलचित्रको विशेष शोमा पुग्दा ट्रोल खुबै बनेको थियो । तर, नायिका राउतले भने यो कुराको जवाफ दिन आफूलाई आवश्यक नरहेको बताएकी छिन् यो अभिब्यकतिपछि पनि उनि फेरि बिवादमा परेकी छन । बीग मुभिजमा आयोजना भएको चलचित्र ‘जात्रै जात्रा’को विशेष शोमा पुगेकी वर्षाले भनिन्–‘मलाई त्यो पहिरन लगाउँदा सहज भयो । मेरो वरिपरीका मानिस, मेरो परिवार, मेरा दर्शकलाई कुनै समस्या छैन भने यसको जवाफ दिन म आवश्यक ठान्दिनँ ।’
उनले भनिन्–‘मन लागेको कुरा लगाउन पाइन्छ, तपाइले पनि लगाउनुहोला ।’
नायिका राउतले यो कुरामा आफ्नो परिवार पनि जोडिएको भन्दै दुःख भने व्यक्त गरेकी छिन् । ट्रोलमा श्रीमान् संजोग कोइरालादेखि आफ्नो ममी ड्याडी पनि जोडिएकाले केही दिन आफूलाई थोरै समस्या भएको उनले तर्क गरिन् । तर, यो देशमा वाक स्वतन्त्रताको कुरा पनि उठिरहेको भन्दै उनले पहिरन स्वतन्त्रता पनि होला भनेर प्रश्न गरेकी छिन् । उनले भनिन्–‘मन लागेको कुरा लगाउन पाइन्छ, तपाइले पनि लगाउनुहोला ।’
हेराै उनका केहि तस्विरः
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।