फेसबुकमा भुलेरपनि नगर्नुहोस् यी १० गल्ती

आजकल मानिसहरुलाइ दिनहुँ फेसबुकमा केही कुरा पोष्ट नगरेमा जीन्दगी नै अपूरो जस्तो लाग्दछ । फेसबुकमा स्टाटस, फोटो तथा भिडियो पोष्ट गरेपछि त्यसमा आफ्ना फेसबुक साथीहरुको ध्यान खिचियोस् र प्रशस्तै लाइक्स तथा कमेन्ट्स प्राप्त होस् भन्ने सबैको चाहना हुन्छ ।

फेसबुकमा प्रशस्त लाइक तथा कमेन्ट आएमा खुसी लाग्दछ तर यदि आफ्नो पोष्टमा अरूले खासै ध्यान दिएनन् भने खिन्नता महसुस हुन्छ । वास्तवमा फेसबुकजस्ता सोसल मिडिया भनेको आफ्ना साथीसंगी तथा आफन्तहरुसँग सजिलैसँग सम्पर्क तथा सञ्जालमा रहनका लागि हो ।

फेसबुक प्रयोग गरिरहँदा हामीले यस्ता धेरै गल्तीहरु गरिरहेका हुनसक्छौं, जुन हाम्रो गोपनीयता तथा सामाजिक जीवनका लागि हा*निकारक हुन सक्दछन् ।

फेसबुक प्रयोग गर्दा यी १० गल्ती नगर्नुहोस्ः

फेसबुकमा व्यक्तिगत जानकारी: फेसबुकमा कुनै कुरा पोष्ट गर्दा पोष्ट बटन थिच्नु अगाडि उक्त पोष्टमा आफ्ना कति व्यक्तिगत जानकारीहरु शेयर गर्दैछु भन्ने कुराको एकपटक समीक्षा गर्नुहोस् । आफ्ना नजिकका साथीभाइ, परिवार तथा सहकर्मीहरुसँग गरिने कुराकानी तथा सम्बन्धित कुराहरु फेसबुकजस्तो सोसल मिडियामा पोष्ट गर्नु उपयुक्त हुँदैन ।

मदि*रा से*वनको बेला फेसबुक नचलाउनुहोस् : हामीलाई थाहै छ कि र*क्सी से*वन गरेर गाडी चलाउनु हुँदैन । त्यसैगरी र*क्सी सेव*न गरेर मात्ति*एको बेला फेसबुक पनि नचलाउनु सुरक्षित हुन्छ । अत्य*धिक र*क्सी सेव*न गरेको बेला फेसबुक चलाउँदा कहिलेकाहीँ आप*त्तिजनक तथा अ*नुपयुक्त पोष्ट हुन सक्दछन् वा कसैलाई यस्तै मेसेज पठाउने जोखि*म हुन्छ ।

जथाभावी सबैसँग फेसबुक साथी : फेसबुकको फ्रेण्ड लिस्टमा ३ सय जना मानिस हुनुको अर्थ तपाईंका ३ सय साथी छन् भन्नु होइन । त्यसैले जो सुकैलाई आफ्नो फेसबुकको साथी बनाउन छाड्नुहोस् । फेसबुकयस्तो प्लाटफर्म हो जहाँ तपाईंले आफ्ना निजी विषयहरु शेयर गर्नुहुन्छ र तपाईंसँग सम्बन्ध र परिचय नै नभएको मानिसले तपाईंका त्यस्ता जानकारीहरु प्राप्त गर्नुको कुनै फाइदा छैन ।

प्रोफाइलमा प्राइभेसी सेटिंग्स नगर्ने : आफ्नो फेसबुक प्रोफाइलमा सबै कुरा जो सुकैले हेर्न पाउने गरी ‘पब्लिक’ गराउनु राम्रो होइन । आफ्नो स्कुलको नाम, कलेजको नाम, जन्मघर इत्यादिजस्ता विषयहरु सबैलाई देखाउनु भन्दा आफ्ना फेसबुक साथीहरुले मात्र देख्नेगरी प्राइभेसी सेटिंग्स गर्दा राम्रो हुन्छ ।

घर तथा कार्यालयको ठेगाना : आफ्नो घरको ठेगाना, कार्यालयको ठेगाना, कार्यालय समयजस्ता कुराहरु फेसबुकको प्रोफाइलमा पब्लिक गर्नु राम्रो हुँदैन । यस्ता जानकारीहरु सार्वजनिक गर्दा कहिलेकाहीँ तपाईंको व्यक्तिगत जीवनमै समस्या आउन सक्दछ ।

– बालबालिकाका तस्वीर तथा जानकारी : आफ्ना छोराछोरीका तस्वीर तथा भिडियोहरु अत्यधिक रूपमा फेसबुकमा शेयर गर्ने बानी हुन्छ कतिपय बाबुआमाको । कतिपयले त बच्चाको स्कुलको नाम, ठेगाना, कक्षा, साथीसंगी, घुम्न जाने ठाउँ, मन पराउने खानेकुराजस्ता कुराहरुको जानकारी समेत फेसबुकमा शेयर गर्दछन् । बच्चाहरुका यस्ता संवेदनशील जानकारीहरु फेसबुकमा सबैले थाहा पाउनेगरी शेयर गर्दा कहिलेकाहीँ गलत मानसिकता भएका मानिसहरुले फाइदा उठाउन सक्दछन् ।

– फेसबुकमा धनमाल प्रदर्शन : आफु धनी छु भन्ने कुरा फेसबुकमा सो गर्नु आवश्यक नहुने मात्र होइन प्रत्युत्पादक पनि हुन सक्दछ । यदि तपाईंले नयाँ कार किन्नुभयो, नयाँ घर किन्नुभयो, नयाँ लगानी गर्नुभयो भने फेसबुकमा हल्ला नपिटट्नु नै बेस हुन्छ ।

-पासपोर्ट, जहाज टिकट, प्रमाणपत्रको फोटो फेसबुकमा राख्ने : आफ्नो राहदानी, नागरिकता, बैंक खाता विवरण जस्ता निजी कागजातहरुका तस्वीर खिचेर फेसबुकमा हाल्ने बानी हुन्छ कतिपयको । कसैले त बारकोड सहितका यस्ता डकुमेन्ट समेत फेसबुकमा हालिदिन्छन्, जसबाट व्यक्तिको सम्पूर्ण जानकारी अन्य मानिसले पत्ता लगाउन सक्दछन् ।

– जो सुकैलाई ट्याग गर्न दिने : फेसबुकको अर्को टाउको दुखाई भनेको फोटो ट्यागिङ हो । त्यसैले फेसबुकको प्राइभेसी सेटिंग्समा परिवर्तन गरी जो सुकैले आफुलाई ट्याग गर्न नसक्ने र गरेको ट्याग आफ्नो वालमा देखाउनका लागि अप्रुभ गर्नुपर्ने बनाउनुहोस् ।

-अपरिचितलाई पनि नहटाउने : आफ्नो फेसबुकमा भएका साथीहरुको सूचि बेला बखतमा हेर्नुहोस् र समीक्षा गर्नुहोस् । कुनै व्यक्ति तपाइँको साँच्चीकै साथी हो ? के फेसबुकमा साथी बनाइराख्न उपयुक्त छ ? के त्यो व्यक्तिगत फेसबुकमा अन्तरक्रिया हुन्छ ? भन्ने कुराको आधारमा फ्रेण्ड लिष्टमा भएका मान्छेहरुलाई हटाउने वा राख्ने निर्णय गर्नुहोस् ।
एजेन्सीको सहयोगमा

प्रकाशित मिति January 20, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।