बाथरुममा ग्यास लिक हुँदा दिदीबहिनीको मृ’त्यु

पाेखरा ६ माघ- एक परिवारका १७ र २४ वर्षका दुई दिदीबहिनीको मृ’त्यु कथित रुपमा बाथरुममा ख’तर’नाक ग्यास लिक भएका कारण भएको छ । यो घट’ना पाकिस्तानको पंजाब प्रान्तको दौलत नगरको हो । बेलायती मिडिया मिररका अनुसार दुवै दिदीबहिनी बेलायती नागरिक हुन्उ । उनीहरु आफ्ना हजुरबुवाको पुण्यतिथिको अवर पारेर पाकिस्तान आएका थिए ।

समाचारमा जनाइएअनुसार बाथरुममा गिजरबाट ग्यास लिक भएका कारण २४ वर्षकी मारिया र १७ वर्षकी नादिरा रहमानको मृ’त्यु भएको हो । दुवै घरको भुइँमा लडेको अवस्थामा भेटिएका थिए । १२ जनवरीमा भएको मृ’त्युको समाचार अन्तर्राष्ट्रिय मिडियामा अहिले मात्र आएको हो । पाकिस्तानी अधिकारीहरुले घटनाको जाँच भइरहेको बताए ।

पोष्टमार्टम रिपोर्टसँग सम्बन्धित जानकारी अझै सार्वजनिक गरिएको छैन । पाकिस्तानी मिडियाका अनुसार अभिभावकले दुवै दिदीबहिनीको मृ’त्यु दुर्घ’टनामा भएको मानेका छन् र कानुनी का’रवा’हीबारे विचार गरिरहेका छन् । पाकिस्तानमा रहेका यी दिदीबहिनीका आफन्त भने घट’नाको कैयौं दिन भइसक्दा समेत यस विषयमा कुरा गर्नबाट पछि हटिरहेका देखिएका छन् ।

आफन्तले यस विषयमा कुरा गर्न नमानेपछि सामाजिक संजालमा विभिन्न हल्ला फैलिएका छन् । केहीले भने यी दिदीबहिनीको ‘अनर किलिङ’ (प्रतिष्ठा जोगाउन परिवारबाटै ह’त्या) भएको मानेका छन् । यी दिदीबहिनीकी सौतेनी आमाले भने आ’रोप अस्वी’कार गरेकी छिन् । बेलायतको शेफिल्डमा बस्ने दिदीबहिनीका छिमेकीले भने दिदीबहिनीको मृ’त्यु भएको थाहा पाएको तर मृ’त्युको कारण स्पष्ट नभएको बताए ।

प्रकाशित मिति January 20, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।