आकाश भन्छन्–‘पलले पूजासँग रोमान्स गर्दा मैले आफूलाई देखेँ’

पाेखरा ३ माघ- नेपाली चर्चित नायक पल शाह र चर्चित नायिका पूजा शर्माले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुणको २३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको ‘तिम्रो घरको वरिपरी र दुखको काँडा’ बोलको गीत दर्शकमाझ हिट भैइसकेका छन् । यसैले पनि यी दुबै गीतको सफलताले चलचित्रको व्यापारमा ठूलो असर पर्ने अपेक्षा गर्न सकिन्छ ।

नेपाली चर्चित नायक आकाश श्रेष्ठले भने चलचित्रको रोमान्टिक गीतमा आफूलाई मिस गरेको बताएका छन् । चलचित्रको ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा आफूलाई कती मिस गर्नुभयो भन्ने पत्रकारको प्रश्नमा आकाशले भने–‘मिस त भैहाल्छ नी । पूजा र मैले लगातार चौथो चलचित्रमा काम गरेका छौ । आफूसँगै काम गरेको नायिका अरु नायकसँग देखिदा खुशी पनि लाग्छ, मिस पनि हुन्छ ।’

आकाशले भने–‘कतिपय दृश्यमा त मैले पलमा आफूलाई पनि देखेँ । पलले पनि कतिपय स्थानमा त मेरै अभिनय गर्नुभएको छ । म पल र पुजालाई शुभकामना दिन चाहन्छु ।’

आकाश यत्तीमा मात्र रोकिएनन् । उनले अगाडि भने–‘कतिपय दृश्यमा त मैले पलमा आफूलाई पनि देखेँ । पलले पनि कतिपय स्थानमा त मेरै अभिनय गर्नुभएको छ । म पल र पुजालाई शुभकामना दिन चाहन्छु ।’ पूजा र आकाशले ‘रामकहानी, पोई पर्यो काले, सम्हालिन्छ कहिले मन, संझना विर्सना’मा काम गरिसकेका छन् ।

प्रकाशित मिति January 17, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।