आस्था राउतको भिडियो माथि अनुसन्धान सुरु (भिडियाेसहित)

पाेखरा २ माघ- नेपाली चर्चित गायिका आस्था राउतले फेसबुकमा सार्वजनिक गरेको भिडियोमाथि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले छानविन गर्न निर्देशन दिएपछि अनुसन्धान सुरु भएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई अनुसन्धानका लागि निर्देशन दिइ सकिएको बताए । उनले मिडियासँग भने, ‘भिडियो सार्वजनिक भएपछि उहाँले लगाउनु भएको आ’रोप र त्यस दिन के भएको थियो भन्नेबारे बुझ्न निर्देशन दिएका हौं ।’

क्षेत्रीले राउतमाथि दु’र्व्यहा’र भएको भए त्यो ग’लत हुने बताउँदै भने, ‘तर, उहाँले जसरी बोल्नु भएको छ, त्यो शैली पनि संस्कारजन्य चाहिँ देखिएन ।’ प्रकरणमा दो’षी देखिने पक्षमाथि का’रबा’ही हुने उनले बताए । यसअघि बिहीबार राउतले एउटा भिडियो सन्देश जारी गरेकी थिइन् । जसमा उनले विमानस्थलमा चेकजाँचका क्रममा आफूलाई प्रहरीले दु’र्व्यहार गरेको जनाएकी छन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति January 16, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।