घा’टमा जलाउन लागेको महिलाको श’व प्रहरी नियन्‍त्रणमा

विराटनगर २ माघ- माेरङमा घ’ट्याे यस्ताे अचम्मकाे घ’टना । मोरङमा घा’टमा जलाउन लगेको महिलाको श’व प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर ८ संघिया घा’टबाट जलाउन ठिक्क पारिएको अवस्थामा स्थानीय २८ वर्षकी प्रेमदेवी साहको श’व प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार विहान मृ’त्यु भएकी साहको माइती पक्षको उ’जुरीका आधारमा प्रहरीले श’व नियन्‍त्रणमा लिएको जनाएको छ । महिलाको घाँ’टीमा चो’ट देखिएको छ । मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले श’व पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको जानकारी दिएका छन् ।

याे पनि पढ्नुहाेस्ः
‘माइकल अधिकारी’मा सौगात र श्रृष्टीको यस्तो गेटअप

गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘माइकल अधिकारी’को छायांकन सुरु भएको छ । चलचित्रले सेरोगेसीको कथालाई प्रस्तुत गर्नेछ । रञ्जित रौनियारको कथा रहेको चलचित्रलाई रौनियारले नै निर्देशन गर्नेछन् । चलचित्रको पटकथा तथा संवाद शैलेश कँडेलले लेखेका छन् ।

चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका छ । माघे संक्रान्तिको अवसर पारेर बुधबारबाट चलचित्रको छायांकन सुरु गरिएको हो । झापाको विर्तामोड पुगेर चलचित्रले आफ्नो छायांकन सुरु गरेको हो । चलचित्रमा सौगात र श्रृष्टी फरक अवतारमा देखिएका छन् ।

उद्धव पौडेलको प्रस्तुति रहेको चलचित्रलाई निरक पौडेलले निर्माण गर्दैछन् । यो चलचित्रलाई चैत २८ गते रिलिज गर्नेतयारी यसको निर्माणपक्षले गरेको छ । चलचित्रमा सौगात र श्रृष्टीसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतको अभिनय रहने छ ।

प्रकाशित मिति January 16, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।